
काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा विभिन्न पार्टीका हेवीवेट नेतासंगको चुनावी मैदानमा उमेदवारी दिएकी सोविता गौतमले विजयी हासिल गरेकी छिन् । उनी काठमाडौं क्षेत्र न. २ बाट निर्वाचित भएकी हुन । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिँदा उनको उपस्थितिलाई वर्षौँदेखि राजनीतिक मैदानमा रहँदै आएका दलका नेताहरुले प्रतिस्पर्धीकै रुपमा लिएनन्।
तर, उनले सत्ता गठबन्धनकी उम्मेदवार पूर्वसभामुख ओनसरी घर्ती र एमालेका स्थानीय नेता मणिराम फुयाललाई पराजित गर्दै जित निकालेकी छिन्। राप्रपाकी उम्मेदवार कुन्ती पोखरेल तेस्रो बनेको यो क्षेत्रमा ओनसरीले त चौथो स्थानमा खुम्चिनुपर्यो।काठमाडौँ २ को विकट क्षेत्र भनेर चिनिने संखरापुर पटापमा सोवितालाई पुर्याउने अर्का चुनावी क्याम्पेनर हुन् सुदर्शन दंगाल।