निर्वाचन-२०७९

निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूलाई प्रमाणपत्र प्रदान

काठमाडौं । मंसिर ४ गते भएको निर्वाचनबाट प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित सदस्यहरुलाई शुक्रबार मुख्य निर्वाचन अधिकृतको कर्यालयले प्रमाणपत्र प्रदान गरेको छ ।

शुक्रबार आयोजित एक कार्यक्रममा बीच मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश शिवप्रसाद खनालले माला लगाएर प्रमाणपत्र प्रदान गरेका छन् ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत खनालले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग पुराउने सबै पक्षलाई धन्यवादसमेत दिए । 

कार्यक्रममा प्रतिनिधि सभामा निर्वाचत हुने नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सत्तारुढ गठबन्धनको तर्फबाट प्रदेश सभा क मा निर्वाचित हुने डा। टकराज गुरुङ र प्रदेश सभा ख मा निर्वाचित हुने भेषबहादुर पौडेललाई बधाई सहित निर्वाचत भएको प्रमाणपत्र प्रदान गरिएको थियो । 

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुशील वैद्य र सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *