समाचार

विद्युत सर्ट भई आगलागी हुँदा पसल जलेर नष्ट

काठमाडौं । खोटाङमा विद्युत सर्ट भएर लागेको आगोबाट पसल जलेको नष्ट भएको छ । आगलागीबाट रावाबेँसी गाउँपालिका–३ लामीडाँडा तिर्पाका वीरबहादुर विश्वकर्माको दुई तले घरमा रहेको पसलमा आगलागी भएको हो । 

शुक्रबार राति भएको आगलागीमा विश्वकर्मा परिवारको लत्ताकपडा, अन्नपात, सुनचाँदी, भाँडावर्तन, पसलमा बिक्रीमा राखिएको चिउरा, चिनी, नुन, तेललगायतका सामान नष्ट भएको स्थानीय घनश्याम खतिवडाले बताए । आगलागीमा विश्वकर्माको करिब १५ लाख ६ हजार बराबरको क्षती भएको लामीडाँडा विमानस्थल सुरक्षा पोष्टका प्रहरी सहायक राजेन्द्रप्रसाद चौधरीले बताए । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *