निर्वाचन-२०७९

झलनाथ खनाललाई पराजित गर्दै महेश निर्वाचित

इलाम । इलाम-१ मा नेकपा एमालेका महेश बस्नेत निर्वाचित भएका छन् । बस्नेत नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार झलनाथ खनाललाई २ हजार ९५७ मतान्तर पराजित गरेका हुन् ।

निर्वाचन अधिकृत राजकुमार दाहालले बस्नेत निर्वाचित हुने निश्चित भएपनि मत जोड्ने क्रम जारी रहेकाले यकिन मत आइनसकेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *