रिबन

एक सय ५७ सिटको परिणाम सार्वजनिक, दोलखामा फेरी मतदान हुने

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ ।

निर्वाचन आयोगका अनुसार आइतबार साँझसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ १ सय ६५ सिटमध्ये १ सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

मतपरिणामअनुसार नेपाली कांग्रेस ५३, नेकपा एमाले ४२, नेकपा माओवादी केन्द्र १७, नेकपा एकीकृत समाजवादी १० वटा प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ७/७, जनता समाजवादी पार्टी ६, लोकतान्त्रिक समाजवादी पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ३, नेमकिपा १, राष्ट्रिय जनमोर्चा १ र जनमत पार्टीले १ सिट जितेका छन् । चुनावमा ५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

आयोगका अनुसार ३ वटा जिल्ला दोलखा, बाजुरा र स्याङ्जामा मतगणना सुरु हुन सकेको छैन । बाजुरामा शनिबार पुनः मतदान भएको छ भने दोलखाका केही मतदान केन्द्रमा मङ्सिर १५ गतेभित्र पुनः मतदान गर्ने निर्णय गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *