कला/साहित्य

कालिका मा.विले पायो पक्की भवन

काठमाडौं । हिमा गाउँपालिकास्थित कालिका मा।वि बड्कीमा पक्की भवन निर्माण भएको छ । लामो समयदेखि भौतिक संरचना अभावमा रहेका यहाँ विद्यार्थीले अब पक्की भवनमा बसेर अध्ययन गर्न पाउने भएका छन् । 

राष्ट्रिय योजना आयोग र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गतका दुई भवन एकैसाथ उद्घाटन गरेको कालिका माध्यमिक विद्यालयले जनाएको छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर शाहीले राष्ट्रिय योजना आयोगको एक करोड आठ लखा सहयोगमा चारकोठे पक्की भवन निर्माण भएको बताए । उनका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत दुई कोठे भवन भएको निर्माण हो । नवनिर्मित भवन उद्घाटन हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *