
काठमाडौँ । उदयपुर-१ बाट नेपाली कांग्रेसका उम्मेदवार परराष्ट्रमन्त्री डा. नारायण खड्का विजयी भएका छन् ।
मत गणनाको अन्तिम परिणाममा खड्काले ३१ हजार २७० मत हासिल गरेर विजयी भएका हुन् ।
उनकी निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी मन्जुकुमारी चौधरीले २८ हजार ८९१ मत प्राप्त गरेकी छन् ।
डा. खड्काले चौधरीलाई २३७९ मतान्तरले पराजित गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।