
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मत परिणाम सार्वजनिक भएपछिमात्र बैठकबाट समीक्षा गर्ने भएको छ । अहिले दुबै तर्फको मतपरिणाम सार्ववनिक हुने काम जारी रहेका अब निर्वाचनको सम्पुर्ण परिणाम पश्चातमात्र माओवादी केन्द्रले निर्वाचनको समिक्षा गर्ने बताएको हो ।
पार्टी कोषाध्यक्ष श्रीराम ढकालका अनुसार प्रत्यक्ष र समानुपातिकको मत आउने काम जारी भइरहेकाले निर्वाचनको सम्पुर्ण मत परिणाम सार्वजनिक नभइ बैठक बस्ने बस्न नसकिने भएको छ ।
अब नेकपा माओवादी केन्द्र पार्टीमा नगइ पार्टी बलियो बनाउने काम्मा जुट्ने माओवादीका एक नेताले बताए ।