समाचार

इनोभेटिभ विजयी

काठमाडौं । इनोभेटिभ इङलिस स्कुल ११औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा विजयी भएको छ ।

प्याब्सन मध्य क्षेत्रीय कमिटी, काठमाडौंद्वारा बुधबार आयोजित प्रतियोगितामा इनोभेटिभले भद्रघलेलाई १८–१० ले पराजित गर्‍यो । अन्य खेलमा काठमाडौं जेभियर्सले हेम्सलाई १९–८, स्प्याङ्गलले केइएसलाई ७–६, सनसाइनले इलाइट ग्रान्डलाई ८–३, स्वप्न वाटिकाले अल्वर्टलाई १०–३ र सिर्जनशिलले एसियन पब्लिकलाई १३–१० ले हराए ।

जुनियर ब्वाइजमा स्प्याङ्गलले लिटिल फ्लावरलाई ११–४, सनसाइनले केइएसलाई १३–२, एआईएले एसियन पब्लिकलाई १७–४ र काठमाडौं जेभियर्सले सूर्योदयलाई ३४–१२ ले पाखा लगाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *