खेलकुद

मेक्सिको जितका बावजुद समूह चरणबाटै बाहिरियो

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा मेक्सिकोले जित निकालेको छ ।

लुसाइल स्टेडियममा बुधबार राति मेक्सिकोले साउदी अरेबियालाई २-१ गोल अन्तरले हराएको हो ।

खेलको ४७ औं मिनेटमा हेनरी मार्टिनले गोल गर्दै मेक्सिकोलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ५२ औं मिनेटमा लुईस चाभेजले गोल गर्दै मेक्सिकोलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा साउदीका सलिम अल्दावसरीले गोल गरेपनि मेक्सिको २-१ ले विजयी भयो ।

साउदीमाथि जित निकाले पनि मेक्सिको समूह चरणबाट बाहिरिएको छ।

समूह ‘सी’ को मेक्सिकोले ३ खेलमा ४ अंक जोड्यो । मेक्सिको तेस्रो स्थानमा रह्यो ।

साउदी ३ अंक जोडेर पुछारमा रह्यो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *