राजनीति

पुसअघि नयाँ प्रधानमन्त्री नियुक्तिको सम्भावना ‘न्यून’

काठमाडौं । मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट चुनिएका सांसदहरूमध्येबाट नयाँ प्रधानमन्त्री, मुख्यमन्त्रीहरू तथा सभामुख र उपसभामुखहरू कहिले छानिन्छन् भन्नेबारे धेरै मतदातामा जिज्ञासा हुनसक्छ।

नयाँ निर्वाचित सांसदहरूले संसद् भवन प्रदेश गर्न कम्तीमा पुस महिनासम्म पर्खनुपर्ने हुनसक्छ।

निर्वाचन आयोगका अधिकारीहरूका अनुसार पुस महिनायता नयाँ प्रधानमन्त्री र मुख्यमन्त्रीहरू बन्ने अवस्था छैन।

“समानुपातिकतर्फको अन्तिम परिणाम आएपछि प्रतिवेदन तयार गर्न थप १० दिन लाग्न सक्छ,” निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने।

उनका अनुसार समानुपातिक तर्फको मतगणना सक्न अझै “एक दुई-दिन” लाग्न सक्छ।

किन ढिलो हुनसक्छ?
देशभरिका १६५ निर्वाचन क्षेत्रबाट चुनिने उम्मेदवारहरू लगभग निश्चित भइसकेका छन्।

तर यसरी चुनिएका सांसदहरू प्रतिनिधिसभाको ६० प्रतिशत सदस्य मात्रै हुन्। बाँकी ४० प्रतिशत सांसद समानुपातिक प्रणालीबाट चयन हुन्छन्।

निर्वाचन आयोगले समानुपातिक तर्फको मतगणना पनि सक्नै लागेको छ र यो प्रणाली मार्फत कुन दलबाट कति जना सांसद चुनिन्छन् भन्ने पनि खाका आइसकेको छ।

प्रतिनिधिसभा (समानुपातिक) निर्वाचन परिणाम २०७९

नेेकपा एमाले

२७,८७,७५९

नेपाली कांग्रेस

२६,५९,८७८

नेकपा माओवादी केन्द्र

११,६२,०५१

राष्ट्रिय स्वतन्त्र पार्टी

११,२४,३९०

राष्ट्रिय प्रजातन्त्र पार्टी

५,८६,५९७

जसपा

४,२०,९४६

जनमत पार्टी

३,९४,५१६

नेकपा एकीकृत समाजवादी

२,९४,३५७

नागरिक उन्मुक्ति पार्टी

२,७१,६६१

तर निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईका अनुसार हाल वेबसाइटमा हालिएको मत परिणामका आधारमा दलहरूले समानुपातिकतर्फ पाएको मत गणना हुँदैन।

“प्रत्येक जिल्लाबाट निर्वाचन अधिकृतहरूले हस्ताक्षर सहित पठाएको मत परिणामलाई मात्रै आयोगले अन्तिम मान्छ। त्यो विवरण कतिपय जिल्लाहरूबाट आइसकेको छ कतिपयबाट आउनै समय लाग्न सक्छ,” भट्टराईले भने।

यस्तो विवरण आइसकेपछि आयोगले समानुपातिक प्रणालीतर्फ दलहरूले पाउने सिट सङ्ख्या र लिङ्ग र समुदायका लागि आरक्षित सिट अनुसार उक्त दलबाट चयन हुने सांसदहरूको पनि टुङ्गो लगाउँछ।

त्यसपछि आयोगले समानुपातिकतर्फ सिट पाउने दलहरूलाई पत्र लेखेर बन्द सूचीबाट निर्वाचित उम्मेदवारहरूको नाम पठाउन सात दिनको समय दिन्छ। यसरी पठाइएको नाम सच्याउन फेरि तीन दिनको समय दिइन्छ।

आयोगले सँगसँगै निर्वाचन परिणाम प्रतिवेदन तयार गर्ने काम पनि गरिरहेको अधिकारीहरू बताउँछन्।

“समानुपातिक तर्फबाट निर्वाचित हुने सांसदहरू टुङ्गो लागिसकेपछि मात्रै आयोगले राष्ट्रपतिलाई निर्वाचनको परिणाम बुझाउँछ,” भट्टराईले भने।

निर्वाचन आयोगले मङ्सिर मसान्तसम्म निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउने लक्ष्य लिएको छ।

नयाँ प्रधानमन्त्री नियुक्त हुन कति समय?
संविधान अनुसार निर्वाचन परिणाम प्राप्त भएपछि राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्ति प्रक्रिया सुरु गर्नुपर्छ।

यो निर्वाचनमा कुनै एक दलले बहुमत प्राप्त गरेको भए प्रधानमन्त्री नियुक्ति निर्वाचन परिणाम आएको केही दिनभित्रै हुन सक्थ्यो।

निर्वाचन परिणाम अन्तिम भई नसके पनि कुनै पनि दलको बहुमत नआउने निश्चित देखिएका कारण प्रधानमन्त्री नियुक्ति प्रक्रिया केही ढिलो हुनसक्छ।

प्रधानमन्त्री कति छिटो नियुक्त हुन्छन् भन्ने विषय दलहरूबीचको सहमति वा भागबन्डामा पनि निर्भर रहन्छ। निर्वाचनको हालसम्मको परिणाम अनुसार अहिलेको सत्ताधारी गठबन्धन बहुमत नजिक देखिएको छ।

गठबन्धनका नेताहरूले नयाँ सरकार बनाउने दाबी गरिरहे पनि कुन दलका नेतालाई प्रधानमन्त्रीमा समर्थन गर्ने भन्नेबारे उनीहरू एकमत देखिएका छैनन्।

प्रदेश प्रमुखले सात वटा प्रदेशमा मुख्यमन्त्री नियुक्ति गर्ने प्रक्रिया पनि प्रधानमन्त्रीको जस्तै छ।

प्रधानमन्त्री नियुक्ति प्रक्रिया के हुन्छ?
संविधानको धारा ७६ ले प्रतिनिधिसभा निर्वाचनपछि प्रधानमन्त्री नियुक्ति प्रक्रियाबारे उल्लेख गरेको छ।

यसको उपधारा १ मा प्रतिनिधिसभामा बहुमतप्राप्त दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री बनाउने उल्लेख छ।

कुनै पनि दलको बहुमत नआउने देखिएका कारण राष्ट्रपतिले यसपछिका उपधाराहरूले व्यवस्था गरेका विकल्पबाट प्रधानमन्त्री नियुक्त गर्ने बाटो अपनाउनुपर्ने हुनसक्छ।

विगतका अभ्यास हेर्ने हो भने राष्ट्रपतिले एक साताको समय दिएर सांसदहरूलाई बहुमत दलको समर्थन पेस गर्ने समय दिन सक्छिन्।

“निर्वाचन परिणाम आएपछि राष्ट्रपतिज्यूले संविधान अनुसार नयाँ प्रधानमन्त्री नियुक्ति प्रक्रिया अघि बढाउनुहुन्छ,” राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले भने।

उपधारा २ मा बहुमत दलको समर्थन जुटाउने सांसद प्रधानमन्त्री नियुक्त हुने भनिएको छ।

यो उपधाराको प्रक्रिया अनुसार बहुमत जुटाउने प्रधानमन्त्रीका दाबेदार कुनै पनि दलको संसदीय दलको नेता भइराख्नुपर्ने व्यवस्था संविधानमा छैन।

त्यो पनि नभए राष्ट्रपतिले सबैभन्दा ठूलो दलको संसदीय दलका नेतालाई प्रधानमन्त्री नियुक्त गरेर बहुमत जुटाउन ३० दिनको समय दिने व्यवस्था छ।

यसरी नियुक्त भएका प्रधानमन्त्रीले पनि ३० दिनभित्र बहुमत जुटाउन नसके सांसदहरूको बहुमत समर्थन जुटाउन सक्ने सांसद प्रधानमन्त्री हुन सक्छन्।

तर त्यसरी नियुक्त भएका प्रधानमन्त्रीले पनि विश्वासको मत जित्न नसके संसद् विघटन गरेर छ महिनाभित्र नयाँ निर्वाचन घोषणा हुने व्यवस्था छ।

सांसदहरू कहिले संसद् जान पाउँछन्?
सङ्घीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार नयाँ निर्वाचित भएका सांसदहरू संसद् भवन प्रवेशका लागि पनि पुस लाग्न सक्छ।

“निर्वाचन आयोगले निर्वाचित सांसदहरूको नाम र ज्येष्ठ सदस्यको नाम संसद्लाई लेखेर पठाएपछि सचिवालयले उहाँहरूलाई शपथ ग्रहण गराउने प्रक्रिया सुरु गर्छ,” उनले भने।

आयोगले अन्तिम परिणाम बुझाएपछि सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान गर्ने प्रचलन छ।

संविधानको धारा ९६ मा निर्वाचनको अन्तिम परिणाम आएको ३० दिनभित्र संसद् बैठक आह्वान गर्नुपर्ने व्यवस्था छ।

सभामुख र उपसभामुख चयन कहिले?
संविधानमै प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था गरिएको छ।

कुल २७५ सदस्य रहेको प्रतिनिधिसभाको बहुमतबाट सभामुख र उपसभामुख चयन हुने व्यवस्था छ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक फरक दलको र फरक फरक लिङ्गको हुनुपर्ने व्यवस्था छ।

राष्ट्रपति र उपराष्ट्रपति चयनमा पनि राष्ट्रिय सभा सदस्यहरूसँगै अहिले निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरू पनि सहभागी हुन्छन्। तर राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल आगामी फागुन २९ गतेसम्म कायम छ।

यी हुन् प्रतिनिधिसभाका नवनिर्वाचित १६५ सांसद (सूचीसहित)

प्रतिनिधि सभा निर्वाचित उम्मेदवारहरु नेपाली कांग्रेस–५७

दुर्लभ थापा क्षेत्रीभक्तपुरनिर्वाचन क्षेत्र 2२४२३९निर्वाचित
योगेश गौचन थकालीमुस्तांगनिर्वाचन क्षेत्र 1३९९२निर्वाचित
उदय शंशेर ज.ब.राणाललितपुरनिर्वाचन क्षेत्र 1२३८९२निर्वाचित
प्रकाश मान सिंहकाठमाडौंनिर्वाचन क्षेत्र 1७१४०निर्वाचित
किशोर सिह राठोरबाँकेनिर्वाचन क्षेत्र 3२९०४०निर्वाचित
गगन कुमार थापाकाठमाडौंनिर्वाचन क्षेत्र 4२१३०२निर्वाचित
राजेन्द्र कुमार के.सी.काठमाडौंनिर्वाचन क्षेत्र 10१४४४८निर्वाचित
हृदयराम थानीसुर्खेतनिर्वाचन क्षेत्र 2३४६२५निर्वाचित
दिपक गिरीदाङनिर्वाचन क्षेत्र 3३६८४२निर्वाचित
विष्णु कुमार कार्कीनवलपरासी (बर्दघाट सुस्ता पूर्व)निर्वाचन क्षेत्र 2३६१०४निर्वाचित
शंकर भण्डारीतनहुँनिर्वाचन क्षेत्र 2३०६०४निर्वाचित
रमेश लेखककन्चनपुरनिर्वाचन क्षेत्र 3३०५२३निर्वाचित
पुष्प बहादुर शाहअछामनिर्वाचन क्षेत्र 2२२९५४निर्वाचित
सन्तोष चालिसेकाठमाडौंनिर्वाचन क्षेत्र 3१५१५८निर्वाचित
अर्जुन नरसिंह के.सी.नुवाकोटनिर्वाचन क्षेत्र 2२८१०७निर्वाचित
तेजु लाल चौधरीसप्तरीनिर्वाचन क्षेत्र 4२३४९१निर्वाचित
प्रदीप पौडेलकाठमाडौंनिर्वाचन क्षेत्र 5१५२३७निर्वाचित
रामचन्द्र पौडेलतनहुँनिर्वाचन क्षेत्र 1२५३१८निर्वाचित
डा. नारायण खड्काउदयपुरनिर्वाचन क्षेत्र 1३१२७०निर्वाचित
राम हरि खतिवडाओखलढुंगानिर्वाचन क्षेत्र 1३३५५६निर्वाचित
शेर बहादुर देउवाडडेलधुरानिर्वाचन क्षेत्र 1२५५३४निर्वाचित
सुरेन्द्र राज आचार्यकपिलवस्तुनिर्वाचन क्षेत्र 2३९०१४निर्वाचित
रामनाथ अधिकारीधादिङ्गनिर्वाचन क्षेत्र 2३४४८३निर्वाचित
विर बहादुर बलायरकैलालीनिर्वाचन क्षेत्र 4२६१७१निर्वाचित
दिनेश कुमार यादवसप्तरीनिर्वाचन क्षेत्र 3२६१६६निर्वाचित
ज्ञानेन्द्र बहादुर कार्कीसुनसरीनिर्वाचन क्षेत्र 4३०४८३निर्वाचित
नारायण प्रकाश साउदकन्चनपुरनिर्वाचन क्षेत्र 2२८१००निर्वाचित
विश्व प्रकाश शर्माझापानिर्वाचन क्षेत्र 1३९६२४निर्वाचित
संजय कुमार गौतमबर्दियानिर्वाचन क्षेत्र 1३०६११निर्वाचित
टेक बहादुर गुरुङमनाङ्गनिर्वाचन क्षेत्र 1२५७५निर्वाचित
दिलेन्द्र प्रसाद बडूदार्चुलानिर्वाचन क्षेत्र 1२८५१५निर्वाचित
मोहन बहादुर बस्नेतसिन्धुपाल्चोकनिर्वाचन क्षेत्र 2३९३६७निर्वाचित
खम बहादुर गर्बुजाम्याग्दीनिर्वाचन क्षेत्र 1२४०२१निर्वाचित
पुर्ण वहादुर तमाङ्गरामेछापनिर्वाचन क्षेत्र 1४७०९८निर्वाचित
मोहन आचार्यरसुवानिर्वाचन क्षेत्र 1१८२३५निर्वाचित
डिग बहादुर लिम्वुमोरङ्गनिर्वाचन क्षेत्र 1२७२९७निर्वाचित
श्‍याम कुमार घिमिरेसिन्धुलीनिर्वाचन क्षेत्र 1३०३९१निर्वाचित
डा शेखर कोइरालामोरङ्गनिर्वाचन क्षेत्र 6३५२२४निर्वाचित
राम कृष्ण यादवधनुषानिर्वाचन क्षेत्र 2२०११२निर्वाचित
अजय कुमार चौरसियापर्सानिर्वाचन क्षेत्र 2२८४५१निर्वाचित
रमेश रिजालपर्सानिर्वाचन क्षेत्र 4३११४२निर्वाचित
देव प्रसाद तिमलसेनारौतहटनिर्वाचन क्षेत्र 4३४१०५निर्वाचित
विनोद कुमार चौधरीनवलपरासी (बर्दघाट सुस्ता पश्चिम)निर्वाचन क्षेत्र 1२९४९५निर्वाचित
शुनिल कुमार शर्मामोरङ्गनिर्वाचन क्षेत्र 3४८६३१निर्वाचित
दिक्पाल कुमार शाहिदैलेखनिर्वाचन क्षेत्र 2२०१५८निर्वाचित
शशांक कोइरालानवलपरासी (बर्दघाट सुस्ता पूर्व)निर्वाचन क्षेत्र 1२७०६७निर्वाचित
राजेन्द्र बजगाईगोरखानिर्वाचन क्षेत्र 1३३४२८निर्वाचित
डिल्ली राज पन्तकैलालीनिर्वाचन क्षेत्र 5२१३९२निर्वाचित
ऐन बहादुर शाही ठकुरीमुगुनिर्वाचन क्षेत्र 1१४७०२निर्वाचित
सिता गुरुङ्गतेर्हथुमनिर्वाचन क्षेत्र 1१९७०२निर्वाचित
पूर्ण बहादुर खड्कासुर्खेतनिर्वाचन क्षेत्र 1४२६०७निर्वाचित
चन्द्रकान्त भण्डारीगुल्मीनिर्वाचन क्षेत्र 1३३७४४निर्वाचित
राजु थापास्याङ्जानिर्वाचन क्षेत्र 1३१९९९निर्वाचित
महेन्‍द्र कुमार रायमहोत्तरीनिर्वाचन क्षेत्र 4२५४२०निर्वाचित
दिपक खड्कासंखुवासभानिर्वाचन क्षेत्र 1३२१५८निर्वाचित
धनराज गुरुङ्गस्याङ्जानिर्वाचन क्षेत्र 2३१४६६निर्वाचित
बद्री प्रसाद पाण्डेबाजुरानिर्वाचन क्षेत्र 1३१७८६निर्वाचित

प्रतिनिधि सभा निर्वाचित उम्मेदवारहरु नेकपा एमाले – ४४

विधा भटटराईकास्कीनिर्वाचन क्षेत्र 2१६९९८निर्वाचित
प्रेम बहादुर महर्जनललितपुरनिर्वाचन क्षेत्र 2१५०२५निर्वाचित
जुली कुमारी महतो (महासेठ)धनुषानिर्वाचन क्षेत्र 3३३३५५निर्वाचित
देव राज घिमिरेझापानिर्वाचन क्षेत्र 2२८६९७निर्वाचित
महेश बस्नेतइलामनिर्वाचन क्षेत्र 1२५७५०निर्वाचित
कृष्ण गोपाल श्रेष्ठकाठमाडौंनिर्वाचन क्षेत्र 9११९५६निर्वाचित
लाल प्रसाद साँवा लिम्बूझापानिर्वाचन क्षेत्र 4२९०१५निर्वाचित
हरि प्रसाद उप्रेतीसर्लाहीनिर्वाचन क्षेत्र 3३२९३८निर्वाचित
मंगल प्रसाद गुप्‍ताकपिलवस्तुनिर्वाचन क्षेत्र 3२२६१९निर्वाचित
महेश कुमार वर्तौलामकवानपुरनिर्वाचन क्षेत्र 2३४९१६निर्वाचित
सुवास चन्द्र नेम्वाङ्गइलामनिर्वाचन क्षेत्र 2३००२०निर्वाचित
दामोदर पौडेल वैरागीकास्कीनिर्वाचन क्षेत्र 3२२९८०निर्वाचित
बलराम अधिकारीकपिलवस्तुनिर्वाचन क्षेत्र 1३४६७५निर्वाचित
विष्‍णु प्रसाद पौडेलरुपन्देहीनिर्वाचन क्षेत्र 2२७१४८निर्वाचित
पदम गिरीपर्वतनिर्वाचन क्षेत्र 1२९८७२निर्वाचित
छविलाल विश्वकर्मारुपन्देहीनिर्वाचन क्षेत्र 1२४८७२निर्वाचित
ठाकुर प्रसाद गैरेपाल्पानिर्वाचन क्षेत्र 2२७८१७निर्वाचित
तारा लामा तामाङकन्चनपुरनिर्वाचन क्षेत्र 1२४८९२निर्वाचित
के.पी शर्मा ओलीझापानिर्वाचन क्षेत्र 5५२३१९निर्वाचित
टोप बहादुर रायमाझीअर्घाखांचीनिर्वाचन क्षेत्र 1४२६७५निर्वाचित
सुर्य प्रसाद ढकालबाँकेनिर्वाचन क्षेत्र 1२५०२६निर्वाचित
लझ्मी महतो काेइरीमहोत्तरीनिर्वाचन क्षेत्र 1२३४०२निर्वाचित
भगवती चौधरीसुनसरीनिर्वाचन क्षेत्र 3४०७८८निर्वाचित
पृथ्‍वी सुव्वा गुरुङलमजुंगनिर्वाचन क्षेत्र 1३४९६९निर्वाचित
गोकुल प्रसाद वाँस्कोटाकाभ्रेपलाञ्चोकनिर्वाचन क्षेत्र 2४५३४५निर्वाचित
वसन्त कुमार नेम्वाङ्गपाँचथरनिर्वाचन क्षेत्र 1३२१३५निर्वाचित
राजेन्द्र कुमार राईधनकुटानिर्वाचन क्षेत्र 1३०१०१निर्वाचित
ऋषिकेश पोखरेलमोरङ्गनिर्वाचन क्षेत्र 2३३१४८निर्वाचित
अम्वर बहादुर रायामाझीउदयपुरनिर्वाचन क्षेत्र 2१५२५१निर्वाचित
मन बहादुर गुरुङ्गकास्कीनिर्वाचन क्षेत्र 1२५७०८निर्वाचित
दामोदर भण्डारीबैतडीनिर्वाचन क्षेत्र 1३३६११निर्वाचित
गोकर्ण राज विष्‍टगुल्मीनिर्वाचन क्षेत्र 2२८४८५निर्वाचित
बासु देव घिमिरेरुपन्देहीनिर्वाचन क्षेत्र 5३६८२२निर्वाचित
नारायण प्रसाद आचार्यपाल्पानिर्वाचन क्षेत्र 1३११०३निर्वाचित
राज कुमार गुप्तापर्सानिर्वाचन क्षेत्र 3२४२६०निर्वाचित
अच्युत प्रसाद मैनालीबारानिर्वाचन क्षेत्र 1३९१९५निर्वाचित
राम शंकर यादवसिराहानिर्वाचन क्षेत्र 1२९४६२निर्वाचित
लिलानाथ श्रेष्ठसिराहानिर्वाचन क्षेत्र 3२८०६४निर्वाचित
भीम प्रसाद आचार्यसुनसरीनिर्वाचन क्षेत्र 2३२०२४निर्वाचित
ज्वाला कुमारी साहबारानिर्वाचन क्षेत्र 3२०२५१निर्वाचित
योगेश कुमार भट्टराईताप्लेजुंगनिर्वाचन क्षेत्र 1२१९४३निर्वाचित
मानबीर राईसोलुखुम्बुनिर्वाचन क्षेत्र 1१९३२४निर्वाचित
रघुबीर महासेठधनुषानिर्वाचन क्षेत्र 4३२२३६निर्वाचित
सूर्य बहादुर थापा क्षेत्रीप्यूठाननिर्वाचन क्षेत्र 1४१११८निर्वाचित

प्रतिनिधि सभा निर्वाचित उम्मेदवारहरु नेकपा माओवादी केन्द्र – १८

गंगा कार्की
रेखा शर्मा
दोलखा
दाङ
दोलखा 
निर्वाचन क्षेत्र 2
३६७९९
२६८७७
निर्वाचित
निर्वाचित
देवेन्द्र पौडेलबागलुङनिर्वाचन क्षेत्र 2२४७७९निर्वाचित
महिन्द्र राय यादवसर्लाहीनिर्वाचन क्षेत्र 2२३५२९निर्वाचित
हित बहादुर तामाङनुवाकोटनिर्वाचन क्षेत्र 1२६५४८निर्वाचित
सुदन किरातीभोजपुरनिर्वाचन क्षेत्र 1२८५७८निर्वाचित
पुष्प कमल दाहाल {प्रचन्ड}गोरखानिर्वाचन क्षेत्र 2२६१०३निर्वाचित
माधव सापकोटासिन्धुपाल्चोकनिर्वाचन क्षेत्र 1३०३७४निर्वाचित
शक्ति बहादुर वस्नेतजाजरकोटनिर्वाचन क्षेत्र 1३४१५१निर्वाचित
राम कुमार राईखोटाङ्गनिर्वाचन क्षेत्र 1३१३५१निर्वाचित
अमन लाल मोदीमोरङ्गनिर्वाचन क्षेत्र 4३०६१२निर्वाचित
बर्षमान पुनरोल्पानिर्वाचन क्षेत्र 1४१७१४निर्वाचित
लेख नाथ दाहालसिन्धुलीनिर्वाचन क्षेत्र 2२७५१७निर्वाचित
पूर्ण बहादुर घर्ति मगररुकुम पूर्वनिर्वाचन क्षेत्र 1१२२६२निर्वाचित
जनार्दन शर्मारुकुम पश्चिमनिर्वाचन क्षेत्र 1३९५४९निर्वाचित
सुर्य मान तामाङ (दोङ)काभ्रेपलाञ्चोकनिर्वाचन क्षेत्र 1३४५१२निर्वाचित
महेन्द्र बहादुर शाहीकालिकोटनिर्वाचन क्षेत्र 1२३७२७निर्वाचित
छिरिङ डम्डुल लामा (भोटे)हुम्लानिर्वाचन क्षेत्र 1१४३७१निर्वाचित

प्रतिनिधि सभा निर्वाचित उम्मेदवारहरु नेकपा एकीकृत समाजवादी – १०

राजेन्द्र प्रसाद पाण्डेधादिङ्गनिर्वाचन क्षेत्र 1३५९३४निर्वाचित
शेर बहादुर कुँवरअछामनिर्वाचन क्षेत्र 1१९५३४निर्वाचित
अम्मर बहादुर थापादैलेखनिर्वाचन क्षेत्र 1१८२५६निर्वाचित
प्रकाश ज्वालासल्याननिर्वाचन क्षेत्र 1३५७००निर्वाचित
कृष्ण कुमार श्रेष्ठबारानिर्वाचन क्षेत्र 4२०२९७निर्वाचित
मेटमणि चौधरीदाङनिर्वाचन क्षेत्र 1२६५६३निर्वाचित
माधव कुमार नेपालरौतहटनिर्वाचन क्षेत्र 1३३५२२निर्वाचित
भानुभक्त जोशीबझाङ्गनिर्वाचन क्षेत्र 1२८४१३निर्वाचित
धन बहादुर बुढाडोल्पानिर्वाचन क्षेत्र 1११२२५निर्वाचित
प्रेम वहादुर आलेडोटीनिर्वाचन क्षेत्र 1२७२१०निर्वाचित

प्रतिनिधि सभा निर्वाचित उम्मेदवारहरु राष्ट्रिय प्रजातन्त्र पार्टी–७

राजेन्द्र प्रसाद लिङ्देनझापानिर्वाचन क्षेत्र 3४०६६२निर्वाचित
धवलशम्मशेर जगंबहादुर राणाबाँकेनिर्वाचन क्षेत्र 2२९५७७निर्वाचित
दीपक बोहरारुपन्देहीनिर्वाचन क्षेत्र 3३६६४८निर्वाचित
ज्ञान बहादुर शाहीजुम्लानिर्वाचन क्षेत्र 1२२८११निर्वाचित
धुब्र बहादुर प्रधाननवलपरासी (बर्दघाट सुस्ता पश्चिम)निर्वाचन क्षेत्र 2३४९५९निर्वाचित
विक्रम पाण्डेचितवननिर्वाचन क्षेत्र 3३५०५५निर्वाचित
दिपक बहादुर सिंहमकवानपुरनिर्वाचन क्षेत्र 1२७८१६निर्वाचित

प्रतिनिधि सभा निर्वाचित उम्मेदवारहरु राष्ट्रिय स्वतन्त्र पार्टी–७

उम्मेदवारजिल्लाक्षेत्रमत
गणेश पराजुलीकाठमाडौंनिर्वाचन क्षेत्र 7८७४३निर्वाचित
तोसीमा कार्कीललितपुरनिर्वाचन क्षेत्र 3३११३६निर्वाचित
शिशिर खनालकाठमाडौंनिर्वाचन क्षेत्र 6१४२०४निर्वाचित
विराज भक्त श्रेष्ठकाठमाडौंनिर्वाचन क्षेत्र 8१०१०५निर्वाचित
रबि लामिछानेचितवननिर्वाचन क्षेत्र 2४९२६१निर्वाचित
सोविता गौतमकाठमाडौंनिर्वाचन क्षेत्र 2१५२२९निर्वाचित
हरि ढकालचितवननिर्वाचन क्षेत्र 1३४१८९निर्वाचित

प्रतिनिधि सभा निर्वाचित उम्मेदवारहरु जनता समाजवादी पार्टी, नेपाल –७

नवल किसोर साह सुडीसप्तरीनिर्वाचन क्षेत्र 1२३५६४निर्वाचित
अशोक कुमार राईसुनसरीनिर्वाचन क्षेत्र 1१७०५९निर्वाचित
दीपक कार्कीधनुषानिर्वाचन क्षेत्र 1२७४३१निर्वाचित
प्रदिप यादवपर्सानिर्वाचन क्षेत्र 1२२५३७निर्वाचित
राज किशोर यादवसिराहानिर्वाचन क्षेत्र 2२४१७८निर्वाचित
बिरेन्द्र प्रसाद महतोसिराहानिर्वाचन क्षेत्र 4२४१०२निर्वाचित
रामसहाय प्रसाद यादवबारानिर्वाचन क्षेत्र 2१३८२२निर्वाचित

प्रतिनिधि सभा निर्वाचित उम्मेदवारहरु स्वतन्त्र–५

लालविर चौधरीबर्दियानिर्वाचन क्षेत्र 2२६५२०निर्वाचित
अमरेश कुमार सिहसर्लाहीनिर्वाचन क्षेत्र 4२००१७निर्वाचित
योगेन्द्र मण्डलमोरङ्गनिर्वाचन क्षेत्र 5२१८२०निर्वाचित
किरण कुमार साहरौतहटनिर्वाचन क्षेत्र 2३२८४२निर्वाचित
प्रभु साहरौतहटनिर्वाचन क्षेत्र 3३२४३७निर्वाचित

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल–४

१. रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला

२. सर्लाही १ – रामप्रकाश चौधरी

३. महोत्तरी २ – शरदसिंह भण्डारी

४. महोत्तरी ३ – महन्थ ठाकुर

नागरिक उन्मुक्ति पार्टी–३
१. कैलाली ३ – गंगाराम चौधरी

२. कैलाली १ – रञ्जिता श्रेष्ठ

३. कैलाली २ – अरुणकुमार चौधरी

राष्ट्रिय जनमोर्चा–१
१. बाग्लुङ – चित्रबहादुर केसी

नेपाल मजदुर किसान पार्टी–१
१. भक्तपुर १ – प्रेम सुवाल

जनमत पार्टी–१
१. डा.सिके राउत

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *