रिबन

पुस अन्तिम साता संसदको पहिलो बैठक बस्ने सम्भावना

काठमाडौं । प्रतिनिधिसभाको चुनावको प्रत्यक्षतर्फको अन्तिम परिणाम सार्वजनिक भएको छ । तर समानुपातिक निर्वाचन प्रणालीअनुसारको मतगणन अहिलेसम्म पनि सकिएको छैन । निर्वाचन आयोगले मंसीर २६ गतेसम्म चुनावको सम्पुर्ण परिणाम राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी गरेको छ ।

आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीको मतगणना सक्न करिब १० दिन अझै समय लाग्नेछ । यसले मंसीर महिनाभित्रमा आयोगले राष्ट्रपति समक्ष चुनावको परिणाम बुझाउने छ । कानूनी व्यवस्थाअनुसार आयोगले चुनावी परिणाम बुझाएको एक महिनाभित्र संसद बैठक आहु्वान गर्नुपर्छ ।

संसदको पहिलो बैठक कहिले बस्ने भन्ने टुङ्गो लगाउने भने सरकारले हो । संसद सचिवालयसँगको परामर्शका आधारमा सरकारले निर्णय गरेर राष्ट्रपतिलाई सिफारिस गरेपछि राष्ट्रपतिले
संसद अधिवेशन आह्वान गर्ने प्रचलन छ ।

संघीय संसद सचिवालयका उच्च अधिकारीका अनुसार पुस अन्तिम सातातिर मात्रै संसदको पहिलो बैठक बस्ने सम्भावना छ । बैठक बस्ने मिति तय भइनसकेको भएपनि पुस अन्तिम सातातिर बैठक बस्ने अनुमानका आधारमा तयारी शुरु गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *