
काठमाडौं । नेपाली कांग्रेस गण्डकीले आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन गर्ने निर्णय गरेको छ।
सोमबार बसेको कांग्रेस गण्डकीको बैठकले पहिलो पार्टी भएकाले आफै नेतृत्वमा सरकार गठन गर्न पहल थाल्ने निर्णय गरेको हो ।
प्रदेशमा पार्टी नेतृत्वको सरकार गठन गर्न अन्य दलका नेताहरुसँग छलफल अघि बढाउने निर्णय समेत बैठकले गरेको छ ।