समाचार

वर्षमान भेट्न राष्ट्रियसभा अध्यक्ष र स्वास्थ्यमन्त्री अस्पतालमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्वास्थ्यमन्त्री पदम गिरी अस्पताल पुगेका छन् ।

सुमेरु अस्पतालमा उपचाररत पुनलाई भेट्न शुक्रबार बिहान अध्यक्ष तिमिल्सिना र मन्त्री गिरी सँगै पुगेका थिए । दुवैजनाले उपचारमा संलग्न चिकित्सक र पुनसँग स्वास्थ्य अवस्थाको जानकारी दिएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि पुनलाई पुस ३० गते अस्पताल भर्ना गरिएको थियो ।

नेता पुन मंसिर ४ को चुनावलगत्तै चीनबाट उपचार गरेर नेपाल फर्किएका हुन् । उनी वंशाणुगत जण्डिसबाट पीडित छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *