रिबन

उपसभामुखका लागि इन्दिराद्वारा उम्मेदवारी दर्ता

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखका लागि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना मगरले उम्मेदवारी दर्ता गराएकी छन् । इन्दिराले शुक्रबार आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

इन्दिराको प्रस्तावकमा सोभिता गौतम रहेकी छन् । यसअघि सोभिता उपसभामुखमा बन्ने चर्चा थियो । तर, अन्तिम अवस्थामा पार्टी उपसभामुखमा इन्दिरालाई अगाडि सारेको हो ।

सत्ता गठबन्धनको सहमतिअनुसार उपसभामुख रास्वपाको भागबन्डा परेको हो । इन्दिरा झापाबाट रास्वपाको समानुपातिक सांसद हुन् । इन्दिरालाई नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपालगायतको दलको समर्थन रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *