ताजा समाचार

छानबिन समितिमाथि नै अर्को समिति बनाउन नपरोस् : मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्रालयअन्तर्गतका क्रोडिक संस्थाका कुर्सीमा बस्दा आगोमाथि बसे जस्तो हुने बताएका छन् ।

शुक्रबार हवाई क्षेत्रको नियामक संस्था नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अध्यक्ष प्रदीप अधिकारीलगायतसँगको छलफलमा मन्त्री किरातीले यस्तो बताएका हुन् । उनले बाहिर केही नराम्रा कुरा सुनेको र यदि त्यस्तो हो भने मन्त्रालयबाट निर्णय गरेर अख्तियारमा पठाउने समेत बताए ।

उनले भने, ‘न्यूनतम स्रोतसाधनको अधिकतम प्रयोग गर्नुपर्छ । हाम्रो संस्था बिग्रिएपछि मनोविज्ञान राम्रो देखिँदैन । हामी देश बनाउन आएका हौँ । म मन्त्रीको रुपमाभन्दा क्यानको अध्यक्षको रुपमा बोल्दैछु । हवाई यात्रामा यात्रुको असुविधालाई छानबिन गर्न हिजोमात्रै समिति बनेको छ । अब ती समितिका सदस्यले मलाई भेट्नुप¥यो ।’

उनले थपे ‘छानबिन समितिमाथि नै अर्को समिति बनाउन नपरोस् । जात, रंग र विचारको आधारमा भेदभाव नगरी काम गर्न आएको हो । असफल हुने छुट हामीलाई छैन् । कुनै असह्य कुरा आयो भने मन्त्रालयले निर्णय गरेर पनि अख्तियार पठाउँछ ।’
मन्त्री किरातीले आफू पैसाको लागि राजनीतिमा नआएको बताउँदै भने, ‘मेरो बुवा ब्रिटिस आर्मी हो । मन्त्री हुन्छु भनेर राजनीति गरेको होइन । नीतिको कारण आयो भने मलाई भन्दा हुन्छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *