समाचार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी धादिङ गंगाजमुना गाउँपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–३ बाँसबारी बस्ने २९ वर्षीय लोकमान गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटनको २०७९ वैशाख ६ गतेको फैसलाले ८ लाख २४ हजार रुपैयाँ बिगो तथा जरिवाना, ७ दिन कैद र ३२ हजार ९ सय ६० रुपैयाँ छतिपूर्ति शुल्क भराउने ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका –१० बानेश्वर थापागाउँबाट पक्राउ गरेको छ । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं बबरमहल पठाइएको छ । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *