समाचार

मौखिक निर्देशन नटेरेपछि सांसद पक्राउ गर्न गृहमन्त्री लामिछानेको लिखित निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न निर्देशन दिएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले एमालेका सांसद कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो ।

यसअघि मन्त्री लामिछानेले मौखिक रुपमा पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको भएपनि प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन । कर्तव्य ज्यान मुद्दामा फरार रहेका कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *