
काठमाडौं । सरकारले ७० जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृह मन्त्रालयले विभिन्न जिल्लाका सिडिओ, सहायक सिडिओसहित ७० जनाको काज सरुवा गरेको हो ।
मन्त्रालयका अनुसार सरुवासम्बन्धी कार्यविधिअनुसार प्रमुख जिल्ला अधिकारीहरुको सरुवा भएको हो । ७० जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवाअन्तर्गत गृहमन्त्री रवि लामिछानेले चुनाव जितेको जिल्ला चितवनका सिडियोलाई गृह मन्त्रालय तानिएको छ भने भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मालाई समेत गृह मन्त्रालय सरुवा भएको छ ।