रिबन

सुस्मिताको हत्यामा संलग्न ससुरासहित ४ जनालाई जन्मकैदको फैसला

काठमाडौं । हेटौँडाकी सुस्मिता केसीको हत्यामा संलग्न चारजनालाई जिल्ला अदालत मकवानपुरले जन्मकैदको फैसला गरेको छ।

अदालतले शुक्रबार सुस्मिताका ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, ज्वाइँ अरुण कार्की र कान्छी नन्द सीता थापालाई २५ वर्षको कैद सजायको फैसला सुनाएको हो ।

अदालतले सासु तुलसा थापालाई हत्याको मतियार ठहर गरी १० वर्षको जेल सजाय सुनाएको छ । जिल्ला अदालत मकवानपुरका न्यायाधीश श्रीप्रसाद सन्जेलको एकल इजलासले उक्त फैसला गरेको होे।

गत पुस २१ गते नै पाँचैजना अभियुक्तलाई अदालतले दोषी ठहर गरेको थियो । दोषी ठहर गरेपनि मुलुकी अपराध संहिताअनुसार सजाय तोक्न अर्को इजलाश बस्नुपर्ने भएकाले शुक्रबार मात्रै फैसला आएको हो ।

कपिलवस्तुको बाणगङ्गा नगरपालिकाकी २५ वर्षीया सुस्मिता केसीको हत्या भएको करिब साढे २ वर्षपछि हत्यामा संलग्नलाई जेल सजायको फैसला सुनाएको हो ।

दुर्घटनामा निधन भएका सुस्मिताका पति रुपेन्द्र कार्यरत संस्थाबाट तलब, भत्ता तथा बीमासमेत गरी प्राप्त हुने रकम हात पार्न नियोजित रुपमा उनको हस्या भएको अनुसन्धानबाट खुलेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *