समाचार

भारतीय दुतावासले गरेको कार्यक्रममा पुगे ओलीदेखि प्रचण्डसम्म

काठमाडौं । प्रधानमन्त्रीसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भारतीय राजदुतावासको कार्यक्रममा सहभागी भएका छन् ।

नेपालस्थित भारतीय राजदुतावासले आर्मी क्लवमा गरेको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली पत्नी राधिका शाक्यसहित पुगेका हुन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर वावुराम भट्टराई लगाएतका नेताहरु पुगेका थिए ।

कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष मशन्थ ठाकुर पुगेको भएपनि कांग्रेसका नेताहरु भने कार्यक्रममा देखिएका छैनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *