राजनीति

मुख्य समाचार : सभामुखले सपथ लिए, उपसभामुख चयनको प्रक्रिया शुरु, शनिबार मतदान हुने

काठमाडौं । नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् । उनको प्रस्तावकमा कांग्रेसका बद्रीप्रसाद पाण्डे प्रस्तावक र समर्थकमा लोसपाका सर्वेन्द्रनाथ शुक्ला र एकीकृत समाजवादीका मेटमणि चौधरी रहेका छन् । यता सत्तारुढ गठबन्धनबाट भने राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् ।

सीके राउत नेतृत्वको जनमत पार्टीसँग प्रधानमन्त्री प्रचण्डले आइतबारसम्मको समय मागेका छन् । मन्त्रालयमा सहमति भएर पछि खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको भन्दै जनमत पार्टी सरकारसँग असन्तुष्ट व्यक्त गरेको थियो । जनमत पाटीले सरकारसंग असन्तुष्टि जनाएकाले सहमतिका लािग जनमत पाटीसंग प्रचण्डले आइतवारका लागि समय मागेका हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई छिमेकी देशसँग कार्ड खेल्न नहुने बताएका छन् । एमाले परराष्ट्र मामीला विभागले आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले भारत र चिनसंग कार्ड खेल्न नहुने बताएका हुन् । ओलीले भने, ‘दुइ छिमेकी संग कार्ड खेल्ने होइन । सन्तुलीत, विश्वसनिय भरपर्दो, एउटाको हित अर्काको अहित गर्ने कार्य गर्नुहुँदैन । हामी असल छिमेकी हुन चाहन्छौ ं।’

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पदभार ग्रहण छन् । घिमिरेले शुक्रबार राष्ट्रिपति कार्यालयमा आयोजित समारोहमा शपथ ग्रहण गरेपछि संसद सचिवालयको कार्यकक्षमा पुगेर कार्यभार सम्हालेका हुन् । पदभार ग्रहणपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै सभामुख घिमिरेले संसदलाई अझ मर्यादित र प्रभावकारी बनाउन भूमिका खेल्ने बताए ।

गृह मन्त्रालयले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न निर्देशन दिएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले एमालेका सांसद कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो । यसअघि मन्त्री लामिछानेले मौखिक रुपमा पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको भएपनि प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन ।

हेटौँडाकी सुस्मिता केसीको हत्यामा संलग्न चारजनालाई जिल्ला अदालत मकवानपुरले जन्मकैदको फैसला गरेको छ । अदालतले शुक्रबार सुस्मिताका ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, ज्वाइँ अरुण कार्की र कान्छी नन्द सीता थापालाई २५ वर्षको कैद सजायको फैसला सुनाएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका सच्चा कम्युनिस्टहरूको एउटै केन्द्र बनाउन आवश्यक रहेको बताएका छन् । शुक्रबार दिउँसो सिंहदरबारमा नेकपा (बहुमत) का नेता धमेन्द्र बास्तोलाको नेतृत्वमा आएको टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

निवृत्ति भरणको प्रस्तावित नयाँ नियम र अनिवार्य अवकासमा जाने उमेरलाई बढाएको विरोधमा देशभर व्यापक विरोध प्रदर्शन भएको छ । आज १० लाखभन्दा बढी नागरिक जुलुसमा सहभागी भए भने केही प्रदर्शनकारी प्रहरीसँगको झडपमा व्यस्त रहे। देशव्यापी हडतालले सार्वजनिक यातायात, विद्यालय र सार्वजनिक सेवा प्रवाह गर्ने अधिकांश कार्यालयको काम अवरुद्ध भयो ।

बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टिमबाट खेलाउने निर्णय गरिनसकेको नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन् । सन्दीपलाई प्रशिक्षणमा सहभागी गराएको सार्वजनिक भएपछि क्यान अध्यक्ष चन्दले अहिले नै सन्दीप राष्ट्रिय टिममा फर्किनसकेको बताए ।

गत साता सम्पन्न नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले निष्कर्ष निकालेको छ । सीआईबीले केहीविरुद्ध मुद्धा चल्ने अवस्था रहेको प्रतिवेदन तयार पारेको बताइएको छ । स्पट फिक्सिङ विवाद सम्बन्धमा भएको छानबिनबारे सोमबार प्रतिवेदन सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *