
काठमाडौं । उपसभामुख चयनका लागि प्रतिनिधिसभाको बैठक जारी छ । सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गरेका छन् ।
रानामगरलाई रास्वपाकै सोबिता गौतमले प्रस्ताव गरेकी हुन् भने उनका समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रका नारायणी शर्मा र राप्रपाका राजेन्द्र प्रसाद लिङ्देन छन्।
यस्तै, कांग्रेसकी यादवको प्रस्तावकमा कांग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला छन् ।
संसठ बैठकमा बोल्दै रास्वपाकी सांसद सोविताले इन्दिरा राना मगरलाई मत मागेकी छन् । उनले हरेक कुरामा इन्दिरा उपसभामुख बन्न सक्षम रहेको भन्दै सांसदहरुसँग मत मागेकी हुन् ।