
काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । सभापति देउवा र राजदूत सोङबीच (शनिबार) भेटवार्ता भएको हो । भेटमा राजदूत चेनले दुई देश तथा दुई पार्टीको बीचमा दुई पक्षको बीचमा गहिरो कुराकानी भएको बताएका छन् ।
पुस २४ गते नेपाल आइपुगेका राजदूत चेनले अहिले विभिन्न दलका नेताहरुसँग भेटघाट गरिरहेका छन् । हिजै उनले उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेललाई समेत भेटेका थिए । अर्थ मन्त्रालयमा गएर अर्थ मन्त्री पौडेललाई भेटेका राजदूत चेनले द्वीपक्षीय सम्बन्ध र सान्दर्भिक मुद्दाहरुको विषयमा छलफल गरेको जनाएका छन् ।