ताजा समाचार

माओवादी र नेसपाबीच पार्टी एकता गर्न ३ बुँदे सहमति

काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता प्रक्रिया अघि बढेको छ । २ पार्टीका वार्ता टोलीबीच शनिबार पहिलो बैठक बसेको हो ।

आजको बैठकले ३ महत्त्वपूर्ण विषयहरूमा सहमति भएको नेसपाका कार्यकारिणी सदस्य गंगा श्रेष्ठले जानकारी दिएका छन्। जसअनुसार एकता शीघ्र सम्पन्न गर्न आ-आफ्नो पार्टीमा ठोस प्रस्ताव गरी पेस गर्ने तथा दुवै पार्टीको विधान र प्रतिवेदन लगायत दस्ताबेज आदानप्रदान गर्ने सहमति भएको हो ।

त्यसै गरी वार्ता टोलीको अर्को बैठक माघ १० गते बस्ने पनि सहमति पनि भएको छ। गत आम निर्वाचनमा २ पार्टीले एकै निर्वाचन चिन्हबाट चुनावसमेत लडेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *