अर्थ

२० वटा वाणिज्य बैंकको प्रतिवेदन सार्वजनिक (सुचीसहित )

काठमाडौं । २० वटा वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमास (असोजदेखि पुससम्म) को वित्तीय विवरण सार्वजनिक गरेका छन् ।


कुन– कुन बैकको नाफा कस्तो छ ? (सुचीसहित )

सिभिल बैंक

सिभिल बैंकको नाफा २६.३९ प्रतिशतले बढेर ६३ करोड ७० लाख २२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकले ५० करोड ४० लाख १ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको थियो ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकको खुद नाफामा ५०.३९ प्रतिशतले बढेको छ । पुस मसान्तसम्ममा बैंकले १ अर्ब १७ करोड ९१ लाख ९४ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा ७८ करोड २७ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको थियो ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकको नाफा ३१.७७ प्रतिशतले वृद्धि भएको छ । बैंकको खुद नाफा १ अर्ब ७ करोड ७१ लाख १५ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसै अवधिमा बैंकले ८१ करोड ७३ लाख ९८ हजार रुपैयाँ खुद नाफा थियो ।

प्राइम बैंक

प्राइम कमर्सियल बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा १ अर्ब ६५ करोड २० लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा नाफा १.५८ प्रतिशतले घटेको हो ।

सनराइज बैंक

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सनराइज बैंकको खुद नाफा १२.२८ प्रतिशतले घटेर ६५ करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष बैंकले ७४ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको थियो । पुस मसान्तसम्ममा सनराइज बैंकको खुद नाफा घटेको हो ।

एनएमबी बैंक

एनएमबी बैंकको खुद नाफा ११.०८ प्रतिशतले बढेर १ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा एनएमबीले १ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा थियो ।

हिमालयन बैंक

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा हिमालयन बैंकको खुद नाफा २८.४२ प्रतिशत बढेको छ । यो सँगै बैंकको नाफा ९५ करोड ४७ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा यसले ७४ करोड ३४ लाख रुपैयाँ खुद नाफा थियो ।

कृषि विकास बैंक

कृषि विकास बैंकको खुद नाफा १०९.०६ प्रतिशतले घटेको छ । यस बैंकले पुस मसान्तसम्म १२ करोड ८९ लाख ३३ हजार रुपैयाँ घाटा व्यहोरेको हो । गत वर्षको यसै अवधिमा भने बैंकले १ अर्ब ४२ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

नेपाल बैंक

नेपाल बैंकको नाफा पनि घटेको छ । यस अवधिमा बैंकको खुद नाफा १७.३९ प्रतिशतले घटेर १ अर्ब १७ करोड ६ लाख ५५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ४१ करोड ७० लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा २ अर्ब ७८ करोड २३ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा बैंकले ४.४७ प्रतिशतले मात्र खुद नाफा वृद्धि गरेको छ ।

सानिमा बैंक

सानिमा बैंकको खुद नाफा १९.३४ प्रतिशतले बढेको छ । यो सँगै बैंकको नाफा १ अर्ब २८ करोड ५३ लाख ७९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा यसले १ अर्ब ७ करोड ७० लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

सिद्धार्थ बैंक

यता सिद्धार्थ बैंकको नाफा भने घटेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सिद्धार्थ बैंकको खुद नाफा घटेको छ । यस अवधिमा खुद नाफा २६।३८ प्रतिशतले घटेर १ अर्ब १६ करोड रुपैयाँमा झरेको छ । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकको खुद नाफा ८९.२९ प्रतिशतले बढेर १ अर्ब ५८ करोड ८० लाख ३ हजार रुपैयाँ पुगेको छ । गर्त वर्षको यसै अवधिमा ८३ करोड ८९ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

स्टान्डर्ड चार्टड बैंक

स्टान्डर्ड चार्टर्ड बैंकको खुद नाफा ६१.३६ प्रतिशतले बढेर १ अर्ब ७५ करोड ३६ लाख ३५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ८ करोड ६७ लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो ।

नबिल बैंक

नबिल बैंकको खुद नाफामा भने आकर्षक सुधार देखिन्छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नबिलको खुद नाफा ५६.६७ प्रतिशतले बढेर ३ अर्ब ४१ करोड ७६ लाख ९८ हजार रुपैयाँ पुगेको हो । गत वर्षको यसै अवधिमा २ अर्ब १८ करोड १४ लाख २० हजार रुपैयाँ कमाएको थियो ।

एनआईसी एसिया बैंक

यस त्रैमाससम्ममा एनआईसी एसियाले ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ७१ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यसै अवधिमा १ अर्ब ७७ करोड रुपैयाँ कमएकोे थियो । गतवर्षको तुलनामा अहिलेको नाफा ५२.८८ प्रतिशतले बढी हो ।

सिटिजन्स इन्टरनेशनल बैंक

सिटिजन्स इन्टरनेशनल बैंकले यो त्रैमासमा ८४ करोड १३ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा ३२ प्रतिशतले कमी हो । गत वर्ष १ अर्ब २३ करोड नाफा गरेको थियो ।

प्रभु बैंक

प्रभु बैंकको पनि नाफा घटेको छ । बैंकको नाफा ४.९२ प्रतिशतले घटेर १ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

माछापुछ्रे बैंक

माछापुच्छ्रे बैंकको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खुद नाफा १.४३ प्रतिशतले बढेर १ अर्ब २ करोड रुपैयाँ पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *