
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई आइतबार काठमाडौंको बत्तिसपुतलीमा राखेको भेलामा पार्टीको १५ औं महाधिवेशनको तयारी सुरू गर्नुपर्ने प्रस्तावसमेत आएको छ।
१५ औं महाधिवेशनको तयारी सुरू गरिहाल्नुपर्ने प्रस्ताव उपसभापति धनराज गुरूङले राखेका छन् ।
कांग्रेसको १४ औं महाधिवेशन गत वर्ष मंसिरमा सम्पन्न भएको थियो । विधानअनुसार चार वर्षको अन्तरालमा महाधिवेशन गर्नुपर्छ। समयमै महाधिवेशन गर्न सकेको अवस्था अन्य समय बच्ने उनको भनाइ छ । तर अब चार वर्षको समयअवधि समाप्त हुन अझै तीन वर्ष बाँकी छ। १४ औं महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवासँग कोइराला पराजित भएका थ्रिए ।
उपसभापति गुरूङले पार्टीमा रूपान्तरण र परिवर्तन पक्षधरले अहिलेदेखि नै महाधिवेशन तयारी थाल्नुपर्ने बताएका छ्न् ,।‘आजैदेखि १५ औं महाधिवेशनको तयारी थाल्न समुहलाई प्रोत्साहन गरेर चाँडै महाधिवेशन सक्ने गुरुङको भनाइ छ । बैठकमा भने, ‘ढिलो गर्न नहुने उनलृे बताए । शेखरलाई सभापतिका रूपमा अघि सारेर महाधिवेशन तयारी सुरू गर्नुपर्ने उनको जोड रहेको छ ।
‘महाधिवेशन तयारी सुरू गरिहालौं। ढिला हुँदा धेरै साथीहरूले इच्छा गर्नुहुन्छ। मेरो पनि इच्छा हुन सक्छ,’ उनले भने। बैठकमा महामन्त्री गगन थापालगायत पदाधिकारी, केन्द्रीय सदस्य, सांसदहरू, प्रदेश सभापतिलगायत उपस्थित थिए।
महामन्त्री थापा संसदीय दल नेताको उम्मेदवार हुँदा अब हुने महाधिवेशनमा सभापतिमा कोइरालालाई सहयोग गर्ने समझदारी बनेको दाबीसमेत भएको उल्लेख गरेका छन् ।