
काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सरुवा हुँदा बेड, बिस्तारा बोकेर जानुपर्ने बाध्यताको अन्त्य यसै वर्षभित्र गर्ने बताएका छन् । सशस्त्र प्रहरी बलको २२ औं स्थापना दिवसको अवसरमा हलचोकमा आयोजित समारोहमा आईजीपी अर्यालले यस्तोे बाध्यात्मक व्यवस्था हटाउने कार्य २०७९ भित्रै सम्पन्न गर्ने बताए ।
भौतिक सुविधा न्युन हुँदा सशस्त्र प्रहरीका तल्लो तलका कर्मचारी एक ठाउँबाट अर्को ठाउँमा सरुवा हुँदा बेड, बिस्तारा लिएर जाने बाध्यता ‘फिल्डमा समस्या र प्रतिकूलता आईजीपी अर्यालको भनाइ छ । ‘त्यसका बाबजुद, प्रत्येक कमाण्डरले नैतिकवान भएर असल आचरण प्रदर्शन गर्नुपर्छ ।’ स्थापना दिवसमा सकल दर्जालाई सम्बोधन गर्दै अर्यालले भने , । ‘स्रोत साधनको सीमितताको निहुँमा कर्तव्यबाट विमुख हुने छुट हामी मध्येका कसैलाई नभएको उनले बताए । विद्यमान ऐन तथा नियमावलीमा समय सापेक्ष सुधार गर्दै लैजाने अर्यालको भनाइ रहेको छ । ‘जवानमा भर्ना भएका व्यक्ति कम्तिमा जुनियर अधिकृत र अधिकृमा भर्ना भएको व्यक्ति अवकाश हुँदासम्म प्रथम श्रेणीमा पुग्नेगरी ऐन नियमावलीमा सशोधन शुरु गरिएको समेत उनले बताए ।
आइजिपी अर्यालले हिमाली क्षेत्रमा खटिने सशस्त्र प्रहरीका लागि मौसम अनुसारको पोशाक उपलब्ध गराइने उल्लेख गरे । उनक अनुसार ‘हरेक दर्जामा प्रतिस्पर्धात्मक तालिम लिएपछि मात्र बढुवा गर्ने नीति लिइएको छ ।’ सीमा क्षेत्रमा हुने चोरी र तस्करी नियन्त्रण गर्न इन्टेलिजेन्स ब्यूरोबाट बीओपीहरुमा सिभिल टिम परिचालन गरिने उनले बताए । युनिटहरुले आफुखुसी सादा पोशाकमा शसस्त्र प्रहरी परिचालन गर्न नपाउने नीति लागू गरिएको समेत उनले उल्लेख
गरे ।
कमाण्डमा जाने अधिकृतहरुको पूर्वानूमान सूची प्रकाशन गरेर सरुवा गर्ने नीति लागू गरिएको उनले बताए । अनिवार्य अवकाश हुनुअघि घरपायक दरबन्दीमा सरुवा गर्छौं, विदा प्रणालीलाई डिजिटलाइज्ड बनाउने कार्य शुरु गरिएको छ ।’ कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयलाई प्रज्ञिक थलोको रुपमा विकाश गरिने आईजीपी अर्यालले बताए ।