
काठमाडौं । संघीय संसद सचिवालयले नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ।
सचिवालयले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको हैसियतमा सेवा सुविधा प्राप्त हुने जानकारी गराएको पत्र पठाएको हो।
संघीय संसद सचिवालय
संघीय
पत्र संख्या : २०६९/०८०
च.नं : ८९
श्री नेपाली काँग्रेस संसदीय दलको कार्यालय
संघीय संसद सचिवालय, सिंहदरबार काठमाडौँ ।
संसद
सचिवालय
संसद भवन,
सिंहदरवार
काठमाडौं, नेपाल ।
मितिः २०७९ / १०्र/ ०४
विषय : प्रमुख विपक्षी दलको नेताको सुविधा सम्बन्धमा ।
प्रस्तुत विषयमा तहाँ दलको कार्यालयको पत्र संख्या २०७९/०८० च.नं. ४५ मिति २०७९/०९/२९ को पत्रवाट प्रतिनिधि सभामा विपक्षी दलको नेता माननीय श्री शेर वहादुर देउवाज्यूले प्रमुख विपक्षी दलको नेताको हैसियतले प्राप्त गर्ने सुविधा माग भई आएको सन्र्दभमा सो सुविधा संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को सम्बन्धित दफाहरु र अनुसूची –१ तथा अनुसूची–२ बमोजिम हुने व्यहोरा निर्देशानुसार अनुरोध छ ।
(रामहरि थापा) उपसचिव