समाचार

स्रोत नखुलेको रकमसहित त्रिभुवन विमानस्थल आन्तरिकतर्फका प्रमुख चुँडाल पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिलन व्यवस्थापन प्रमुख पूर्णप्रसाद चुँडाल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चुडाललाई सोमबार साँझ पक्राउ गरेको हो ।

अख्तियारको टोलीले चुडाललाई त्रिभुवन विमानस्थलस्थित आन्तरिक टर्मिनलको कार्यकक्षबाटै स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान जारी रहेको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *