समाचार

१७ परिवारको घरबास भएको जमिनमा अर्कैले दाबी गरेपछि विवाद

काठमाडौँ । २०२५ सालबाट बसोबास गर्दै आएका १७ परिवारको घरबास भएको जमिनमा अर्कैले दाबी गरेपछि विवाद बढेको छ । जितपुरसिमरा उपमहानगरपालिका– १८माथ्लो बडहर्वाका १७ परिवार विवादमा परेका हुन् । माथ्लो बडहर्वाका रामबहादुर कार्कीसहित का १७ परिवार २०२५ सालबाटै ऐलानी जमिन खनजोत गर्दै घरबास गर्दैआएका थिए । हाल आएर सोही पालिका वडा नं। १६ का स्वर्गीय सीताराम बराल र डम्बरकुमारी बरालका छोरा राजकुमार बरालले आफ्नो दाबबी गर्दै आएका हुन् ।

उनले गाविस भोडहाको कित्ता नं। १८७, ८०, ७९ र १३५ को क्षेत्रफल क्रमश ०–१–१०, ०–९–०–५, ०–६–० र ०–१–१५ जमिन मेरो भन्दै दाबी गरेका हुन् । जबकी यी जमिनमा रामबहादुर कार्कीसहित पूर्णबहादुर खड्का, गीता भण्डारी, चेतकुमारी राना, विनीता गौतम, अमृता जर्गा लगायत १७ परिवार बसोबास गर्दै आएका छन् ।

बरालले आफ्नो बाबु सीताराम बरालको नामबाट आमा डम्बरकुमारीका नाममा लगिएको दाबी गरे पनि उक्त जमिन नेपाल सरकारको ऐलानी भएको स्थानीयले बताए । आफुहरू बस्दै आएको जमिनको कीर्ते कागजात बनाएर हामीलाई दुःख दिने काम भएको छ । तत्काल बदर हुनुपर्छ । भूमिसुधार तथा मालपोत कार्यालयमा निवेदन दिएका स्थानीय राम बहादुर कार्कीले भने, मालपोत कार्यालयका कर्मचारीसमेतको मिलेमतोमा कीर्ते मोठ खडा भएको देखियो ।

पीडित पक्षबाट मालपोतमा जमिनको कीर्ते श्रेस्ता बदरका लागि निवेदन दिएकोमा माघ ४ गतेका लागि दुईपक्षलाई बोलाईएको थियो । उक्त दिन दुबै पक्ष सहभागी भए पनि मालपोतले पुन :१३ माघका लागि तारिख दिएको कार्कीले बताए ।

जिल्ला प्रशासन कार्यालय बाराले पीडितका पक्षबाट श्रेस्ता बदरका लागि जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ले गरेको सिफारिस संलग्न राखी मालपोत बारालाई यस विषयमा छानबिन गरी रायसहितको प्रतिवेदन बुझाउन भनेको थियो । जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकीय अधिकृत अनुश आर्चायले गत मंसिर २८ गते लेखेको पत्रको जवाफ प्रशासन कार्यालय बाराले अझै पाएको पाएको छैन ।

घरबास भएको जमिन नै अर्काले मेरो भन्दै पूर्जा लिएर आएपछि यहाँका स्थानीय तनावमा देखिएका छन् । उनीहरूले मालपोतमा गई समस्या दर्ज गरेका थिए । मालपोत कार्यालय बारा कलैयाले जग्गाको वास्तविकता बुझ्ने प्रक्रिया अपनाउँदै जग्गा दाबीकर्ता बराललाई १५ दिनभित्र सम्पूर्ण प्रमाण लिई आउनु भनि पत्र पठाएको थियो । जुन पत्रको म्याद माघ ४ मा ग्रुजेको छ ।

पत्रको जवाफमा जमिन दाबीकर्ता बरालले जमिन आफ्नै भएको दावी गर्दै बदरको निवेदनको तुक नभएको उल्टै पीडित भनिएकाहरूले आफ्नो जमिन खनजोत गर्दै आएको बताएका छन् । उनले २०३५ साल २ महिना १२ गतेको निर्णयबाट नेपाल सरकारको नामबाट खारेज भई आमा डम्बर कुमारीको नाममा आएको उल्लेख गरेका छन् ।

यता पीडित पक्षले भने ऐलानी जमिनलाई कीर्ते गरी आफ्नो दाबी गर्ने काम भएको बताएका छन् । यति मात्रै नभई १३५ नं. कित्ता स्थानीय गोपाल सुहालको नम्बरी जमिन १ बिघा १५ कठ्ठा रहेकोलाई कीर्तेगरी १ कठ्ठा १५ धुरको दोहोरो पूर्जा बनाएर दाबी भइरहेको स्थानीय पूर्णबहादुर खड्काले बताए ।

ुएउटै क्षेत्रमा कसरी एउटै कित्ताका दुई फरक पूर्जा हुन्छ । यो हुनै नसक्ने विषय आयो । मालपोतको लापरबाहीका कारण नेपाल सरकारको जमिन भू–माफियाले आफ्नो बनाउन खोजे, उनले भने, तर, कदापि हुन दिइनेछैन । २०३५ सालभन्दा अगाडिबाट हामीले घरबाससहित भोग गर्दै आएका हौं । यतिका दिनसम्म कसैले केही भनेको थिएन । अहिले आएर मेरो भन्नेको कुनै आधार छैन । उनका प्रमाण कीर्ते र नक्कली हुन् । हामीलाई दुःख दिने मात्रै काम भयो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *