राजनीति

संसद्को उपस्थिति उत्साहजनक नदेखिएको गृहमन्त्री लामिछानेको दावी

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसद्को बहसले नयाँ पार्टी उत्साहित नभएको बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले यस्तोब बताएका हुन् । “नयाँ राजनीतिक दल, नयाँ आशा र उमंग बोकेर आएका हामीजस्ता राजनीतिक दलका लागि संसद्को उपस्थिति उत्साहजनक देखिएको छैन उनले भने । उनका अनुसार बहस विषयकेन्द्रित हुन जरुरी छ । गरिमामय संसद्मा उपस्थित हुने जाँगर कम भएकाले उत्साह बढाउन जरुरी देखिएको छ ।”
संसद् जनताको चासोको हुनुपर्ने र गृहकार्य गरेर बहस गर्नुपर्नेमा उनले जोड दिए ।

“राज्यका अंगलाई थिलथिलो बनाइएको छ । कमजोर बनाउने जसबाट काम भए, त्यही कोणबाट प्रश्न आउने उनले बताए । हरेक क्षेत्रको प्रतिउत्तर गृहमन्त्री स्वयम भएर दिन नसकिने भएकाले सम्बन्धित क्षेत्रको जिम्मेवारी समालेका कर्मचारीहरुले लगायत मन्त्रालय प्रमुखहरुले नै उत्तर दिनुपर्ने समेत उनले बताएका छन् ।

उनले गृह मन्त्रालयको प्रणाली सुधारतर्फ लागिएको समेत बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *