मुख्य समाचार

जनयुद्धमा १७ हजार सर्वसाधारणलाई मारेर नपुगेको माओवादीकाे उही रणनीति

काठमाडौं । २०५२ साल फागुल्न १ गतेदेखि नेकपा माओवादी पार्टीले जनयुद्ध सुरु गर्दा आफ्नो आन्दोलनलाई सफल बनाउन सर्वसाधारण जनतालाई माओवादीले भन्यो, ‘अब कुनै पनि व्यक्तिले बैंक वा वित्तिय संस्थाबाट ऋण लिएको छ भने त्यो तिर्नु पर्दैन ।’ आफ्नो सरकार ल्याउनका लागि माओवादीले जनतासँग यस्तो वाचा गर्याे ।

सर्वसाधारण जनताहरु त्यसबेला बैंक वा व्यक्तिबाट मिटरब्याजमा लिएको कर्जाको साँवाब्याज नै तिर्न नसकेर पीडित भएर बसेका थिए । कतिको त घरजग्गा व्यक्तिको नाममा पास गराइएको थियो भने कतिको वित्तिय संस्थामा रोक्का थियो । यता दिएको ऋण तिर्नु नपर्ने भएपछि सर्वसाधारण जनताहरु माओवादी पार्टीमा लागे वा भूमिगत गए ।

एता माओवादीलाई नै राज्यविरुद्ध लड्नका लागि मानिसको आवश्यकता थियो । तर, सिधासाधी जनताहरुले माओवादीको राजनीति र कुटनीति नै नबुझी भ्रम वा लोभलालचमा परेर माओवादीमा लागे । उनीहरु माओवादी पार्टी गए । जसमा कतिले माओवादीको सदस्यता लिए भने कतिले जनयुद्धमा हतियार उठाए । हतियार उठाउनेहरु दोहोरो भीडान्तमा परेर मरे । यता पार्टीको सदस्यता लिनेलाई आर्मीप्रहरीले समातेर यातना दिएर मारे । माओवादीले लिएको ऋण तिनुपर्देन भनेर आफ्नो पार्टीमा सिधासाधी जनतालाई ल्याउँदा ती मानिसहरुले आफ्नो ज्यान गुमाउनुपर्याे । माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) एंव प्रधानमन्त्री प्रचण्ड तीन पटक देशको प्रधानमन्त्री बने भने डा.बाबुराम भट्टराई एक पटक बने ।

मओवादी पटकपटक सरकारमा गयाे । तर, हिजो जनयुद्धमा सर्वसाधारणलाई व्यक्ति वा वित्तिय संस्थाबाट लिएको ऋण तिर्नुपर्दैन भन्ने माओवादीले आज एक सुको ऋण मिनाहा गरेको छैन । हिजो आफ्नो फाइदाका लागि माओवादीले जनतालाई भ्रममा पाप्यो र जनयुद्धमा लगाएर उनीहरुको ज्यान लियो । तर, जुन प्रतिबद्धता जनाएको थियो त्यो भने पूरा गरेन ।
न ती मानिसहरुको ऋण नै मिनाहा गरियो न घरजग्गा नै फुक्का भयो । हिजो माओवादीले ऋण तिर्नुपर्दैन भनेर आफ्नो पार्टीमा बोलाएकाहरु ऋण पनि लाखौँ छन् । उनीहरु आज घरविहिन भएका छन् । माओवादीको कुरा सुनेर विश्वास गर्दा यिनीहरुको ज्यान पनि गप्यो र घरविहिन पनि भए । मानिसहरुले आफ्नो आफन्तजन त गुमाउनुपर्याे नै तर घरमा भएको एक्लो कमाउने मानिस पनि मरेपछि उनीहरु सडकमा आइपुगे ।

यसरी यस्ता सिधासाधी जनतालाई झप्याङ बनाएर, युद्धमा लगेर मारेर र सिधासाधी जनतालाई सडकमा पुप्याएर प्रचण्ड र भट्टराई प्रधानमन्त्री बने । यता माओवादी पार्टीबाट पटकपटक सरकार बन्दा पनि अहिलेसम्म त्यस्ता मानिसहरुको ऋण मिनाहा गरेको छैन । तर, ती ऋणीहरुले आज आफ्नो परिवार र घरजग्गा दुवै गुमाउनुपर्याे । यी सबैको फाइदा भने आज माओवादीका नेताहरुले लिए ।
पार्टीबाट कोही सांसद भए त कोही मन्त्री । यता कोही सभामुख भए त कोही प्रधानमन्त्री बने । यिनीहरुले न आफ्नो आफन्तलाई जनयुद्धमा गुमाउनुपप्यो न आफ्नो ज्यानको बाजी राख्नुपप्यो । उल्टै यस्तैले आफ्नो सात पुस्तालाई पुग्ने सम्पत्ति कमाए । हिजो ऋण मिनाहा हुने आशामा माओवादीमा लागेर जनयुद्धमा लागेकामध्ये कतिको त पूरै परिवार नै मारिएका छन् ।

जनयुद्धमा लाग्दा आफ्नै अगाडि आर्मीप्रहरीले उनीहरुको आफन्तजन वा परिवारलाई माप्यो । यता माओवादीले पनि कांग्रेस, एमाले, राप्रपादेखि शिक्षित मानिसहरुलाई समेत जीउँदे खाल्टोमा गाडे । माओवादीका अध्यक्ष एंव प्रधानमन्त्री प्रचण्डले त्यसबेला आश्वासन दिएर सर्वसाधारणलाई माओवादीमा आउन बाध्य बनाए ।
तर, माओवादीलगायत विभिन्न पार्टीमा लागेका मानिसहरु र आर्मीप्रहरी गरी माओवादीले १७ हजार मानिस मा¥यो । यसरी एक नेपालीले जनयुद्धमा अर्को नेपाललाई मा¥यो । प्रचण्डको निर्देशनमा १७ हजार नेपाली नागरिक मारियो । तर प्रचण्डले आफ्नो छोराछोरालाई भने जनयुद्धमा भारतमा लगेर पढाए र आफु पनि भारतमै लुकाए ।

उनले जनयुद्धमा आफ्नो एक जना बालबच्चा पनि गुमाएनन् । भनिन्छ,‘ पाप धुरीबाट कराउँछ ।’ त्यसैले पनि होला अहिले प्रचण्डको छोरा पनि म¥यो छोरी पनि म¥यो र श्रीमती पनि बिरामी छन् । हिजो १७ हजार जनताको छोराछोरी वा सर्वसाधारण मर्दा प्रचण्ड त हासँेका थिए तर उनीहरुको आँसु झरेको थियो नि त । त्यसैले, पनि आज उनीहरुकै आँसु प्रचण्डलाई लागेको हो । अहिले प्रचण्डले आफ्रनै छोरीलाई मेयर बनायो, भाइलाई सांसद, बुहारीलाई मन्त्री र ज्वाँइलाई पनि मन्त्री बनाएका छन् । यता आफ्नो अघिपछि लाग्ने जर्नादन शर्मा जस्तो मान्छेलाई पटकपटक गरेर पाँच चोटीसम्म मन्त्री बनाए । आफ्नो झोला बोक्नेलाई पार्टीको टिकट दिए ।

तर, आफ्नोविरोध गर्ने वा आफ्नो अघिपछि नलाग्नेलाई चुनावमा टिकट पनि दिएनन् र जनताबाट चुनिएर आएपनि मन्त्री बन्न दिएनन् । झन् हिजो साहु वा बैंकको ऋण तिर्न नसकेर पार्टीमा लागेर शहिद भएकामा त प्रचण्ड जादैँ जादैँनन् । सायद, अहिले उनीहरुलाई प्रचण्डले चिन्दैनन् पनि होला । हिजो ठेकेदार, दलाली र विदेशी देशहरुको विरोध गर्ने प्रचण्ड आज त्यही ठेकेदारको घरमा बसिरहेका छन् । यता आफु प्रधानमन्त्री बनेपछि आफ्नो पहिलो विदेशी भवन नै भारतमा हुने भनेर भनिसकेका छन् ।

भारतको चर्को विरोध गर्ने प्रचण्ड आज त्यही भारतकै अगाडि लम्पसार परेका छन् । अहिले प्रधानमन्त्री प्रचण्ड १०/१० मिनेटमा कपडा फेर्छन् । साथै, उनले लगाएको कपडाको मूल्य नेपालमा पाइने महंगो ब्राण्डका हुन्छन् । प्रचण्डकी छोरी भरतपुर महानगरपालिकी मेयर रेनु दाहालले अन्तवार्तामा भनेकी थिइन्, ‘मेरो बुबालाई माछामासु, घिउलगायत अन्य परिकार नभएमा खाना रुच्दैँन ।’
यसरी प्रचण्डको खोइदेखि लोइसम्म हेर्दा उनले हिजो जनयुद्धमा आफ्नो फाइदामा लागि जनतालाई मारेको स्पष्ट थाहा हुन्छ । प्रचण्डकै कारण आज देशमा भ्रष्टाचार, बेथिति त बढ्यो नै तर बेरोजगारी र महंगीले सीमा नाघ्रयो । त्यसका साथ विदेशी हस्ताक्षेप वा ऋण पनि हवात्तै बढ्यो । यता नेपाली जनताहरु देशमा रोजगारी पाएर खाडी मुलुकमा जान बाध्य भए ।

अहिले एक नेपालीको टाउकोमा विदेशी ऋण ८५ हजार पुगिसकेको छ र त्यो ऋणको साँवाब्याज सरकारले तिर्न नसकेपछि नेपाल नै कालोसूचीमा पर्ने भएको छ । त्यस्तै, सरकारी कर्मचारी र ज्येष्ठ नागरिकलाई तलबभत्ता, पेन्सन दिने पैसा सरकारसँग छैन । राजस्व पनि उठ्न छोडिसकेको छ । तर, हिजो प्रचण्डले जनयुद्धमा जुन आश्वासन देखाएर सर्वसाधारणलाई मारेका थिए नि । खै त्यो आश्वसान आज ।


उनले त विदेशी हस्ताक्षेप नेपालमा पर्न दिदैँनौँ, कसैलाई नेपालको भूमि कब्जा गर्न दिदैँनौँ भनेर भनेका थिए । तर, उनी प्रधानमन्त्री भएपछि के भयो ? खै सर्वसाधारणले लिएको ऋण मिनाहा भएको ? खै विदेशी हस्ताक्षेप घटेको ? खै विदेशी ऋण मिनाहा भएको ? प्रचण्डले आफ्नो छोराछोरी र आफन्तलाई मन्त्री बनाउनुबाहेक कुनै काम गरेनन् ।


उनी पदको मात्र लोभी छन् । पदका लागि कहिले काँग्रेस कहाँ त कहिले एमाले कहाँ । उनीसँग न भिजन नै छ न सिद्धान्त वा गन्तव्य । हिजो जग्गा दलाली वा भूमाफियाहरुले सरकारी वा गुठीको जग्गा कब्जा गर्दासमेत माओवादीका कसैले त्यसको खोजतलाससमेत गरेनन् । माओवादीले जनयुद्ध सुरु गर्दा प्रायजसो नेपालीले आफ्नो नेपाली पोसक – दाउरासुरुवाल र कोट) लगाउँन्थे तर माओवादीका कार्यकर्ताहरुले उनीहरुलाई त्यो पोसक लगाएकै भरमा मुला काटे बराबर काटे ।

तर, अहिले त्यही माओवादीका अध्यक्ष एंव प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री बनेपछि त्यही दाउरासुरुवा लगाएर राष्ट्रपतिबाट शपथ खाए । अहिले बैंक तथा वित्तिय संस्थाबाट घरजग्गा, गाडी र सेयर धितो राखेर ऋण लिनेहरुले बैंकको साँवाब्याज नै तिदैनौँ भनेर आन्दोलन गरिरहेका छन् । यता उद्योग व्यवसायी महासंघका अध्यक्ष शेखर गोल्छाले पनि बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएकाहरुलाई तिर्नुपर्छ भनेर सम्झाउनुको साटो उल्टै सडकमा उतारिरहेका छन् ।

त्यस्तै, अध्यक्ष गोल्छाले अर्थमन्त्री विष्णु पौडेललाई ज्ञापनपत्र बुझाएर ऋण तिर्ने समयावधि थप गर्न दबाब दिइरहेका छन् । अर्थमन्त्री पौडेल पनि आफ्नो पद जोगाउनका लागि व्यवसायीहरुले जेजसो भनेपनि मानिरहेका छन् । यता राष्ट्रिय बैंकका गर्भनर महाप्रसाद अधिकारी पनि अर्थमन्त्री पौडेलको दबाबमा व्यवसायीको अगाडि लम्पसार परिरहेका छन् ।
उनीहरु जसरी भएपनि आफ्नो पद जोगाउनका लागि ज्यानन फालेर लागिपरेका छन् । यता केपी ओली र प्रचण्ड पनि आफ्नो सरकार टिकाउन व्यवसायीहरुले जेजति माग गरेपनि पूरा गर्न लागिरहेका छन् । तर, व्यवसायीहरुले भने बैंक तथा वित्तिय संस्थाबाट लिएको कर्जाको दुई वर्षदेखि साँवाब्याज नै बुझाएका छैनन् ।

व्यवसायीहरुले दुई वर्षअघि दुई करोड मूल्यपर्ने घरजग्गा, गाडी र सेयर धितो राखेर एक करोड रुपैँया ऋण लिएका थिए । जसमा अहिले त्यसको साँवाब्याज तिर्न नसक्दा डेढ करोड पुगेको छ तर धितोको मूल्य घटेर एक करोडमा झ¥यो । यता वित्तिय संस्था पनि घरजग्गा, गाडी र सेयरमा लगानी गरेर चुलुम्मै डुबेपछि उनीहरु पनि बैंकलाई डुबाउन लागिपरेका छन् ।
अहिले आफ्नो बैंकमा करोड रुपैँया छ भने बैंकले लाख रुपैँया समेत दिन सक्दैँन त सहकारीले एक वर्षदेखि एक हजारसमेत दिएको छैन ।

बैंक, फाइन्स र सहकारीमा पैसा निकाल्नेको लाम छ तर राख्ने कोही छैन । बैंकहरु घाटामा गएर डुबिसकेका छन् । उनीहरुले घर भाडादेखि कर्मचारीलाई तलब पनि दिन सकेका छैन । यता सहकारीहरु प्रत्येक दिन धमाधम भागिरहेका छन् । तर, बैंकबाट लिएको ऋणको व्यवसायीहरुले साँवाब्याज नतिर्दा सर्वसाधारणले जम्मा गरेको रकम डुब्ने अवस्थामा पुगेको छ । पहिला प्रचण्डले सर्वसाधारणलाई बैंक तथा व्यक्तिको ऋण तिर्नु पर्दैन भनेर डुबाए त अहिले अर्थमन्त्री पौडेल र अध्यक्ष गोल्छाले बैंक र सर्वसाधारणलाई नै डुबाए । प्रचण्डले बनाएको रणनीति शेखर गोल्छा, अर्थमन्त्री पौडेल र गर्भनर अधिकारी लागे ।

रुषा थापा
भक्तपुर

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *