
काठमाडौं । नेकपा माओवादी केन्द्रले बागमती प्रदेशमा मन्त्री बन्ने उमेदवारको नाम टुङ्गो लगाएको छ ।
प्रदेश सरकारको समेत नेतृत्व गरिरहेको माओवादीले पठाउने तीन मन्त्रीमा गंगानारायण श्रेष्ठ, युवराज दुलाल र कुमारी मोक्तान रहेको एक साँसदको भनाइ छ ।
दुलालले भौतिक योजना, श्रेष्ठले आन्तरिक मामिला मन्त्रालय, तथा मोक्तानले सामाजिक विकास मन्त्रालय पाउने भएका छन् ।
मुख्यमन्त्री नियुक्त भएका शालिकराम जम्कटेलले आज मन्त्रिपरिषद् विस्तार गर्ने तथा आजै नयाँ मन्त्रीहरुको शपथ गराउने बताएका छन् । जम्मरकटेल २६ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।