राजनीति

प्रतिनिधिसभाको नियमावली पारित हुन संसदीय समिति गठन आवश्यक

काठमाडौँ । प्रतिनिधिसभाको नियमावली पारित भएपछि मात्र संसदिय समितिकोे गठन हुने भएको छ । प्रतिनिधिसभाले नयाँ नियमावली बनाउन लागेकोले समिति र त्यसले गर्ने कामकाज सुरु हुन समय लाग्ने देखिएकाले लामो समय लाग्ने भएको हो । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले प्रतिनिधिसभाको नियमावली मस्यौंदा समिति गठन गरेको छ । सो समितिलाई मस्यौँदा बनाउनका लागि १५ दिनको समय निर्धारण गरिएको छ । नियमावलीको मस्यौंदा आएर त्यसलाई सभाले पारित गरेपछि मात्रै संसदीय समिति बन्ने प्रक्रिया शुरु हुने संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

संविधानले प्रतिनिधिसभाले आफ्नो नियमावली आफैँले निर्माण गर्न सक्नेछ भन्ने व्यवस्था अनुसार निर्वाचन पछि बनेको प्रतिनिधिसभाले नियमावली बनाउन लागेको हो । सोही नियमावली बनेपछि मात्रै संसदीय समिति निर्माण र काम कारवाही अघि बढ्ने उनको भनाइ छ । यसअघिको प्रतिनिधिसभा अन्तर्गत १० वटा विषयगत समिति र २ वटा राष्ट्रिय सभासँग मिलेर २ वटा संयुक्त समिति गरी १२ वटा समिति रहेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *