
काठमाडौं । लुम्बिनीमा राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि तीन जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट नेकपा एमालेका कुमार दशौदी, नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्यले र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले मनोनयन दर्ता गरेका हुन् ।
नागरिक उन्मुक्ति सत्ता गठबन्धनमै भएर धेरै मन्त्रालय हात पार्न बार्गेनिङ गरिरहेकाले सत्तारुढ दललाई दबाब दिन उसले उम्मेदवारी दिएको बताइएको छ ।
एमालेका दशौदीको समर्थकमा राप्रपाकी प्रदेश सभा सदस्य मीनाकुमारी श्रेष्ठ र प्रस्तावकमा गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोखरेल छन् । आचार्यको प्रस्तावकमा बङ्गलाचुली गाउँपालिका उपाध्यक्ष भक्त जिसी र समर्थकमा लमही नगरपालिकाका मेयर जोखबहादुर चौधरी समेत रहेका छन् ।