राजनीति

भागभण्डा नमिलेपछि कर्णालीमा एमालेभित्र विवादको अवस्था सिर्जना

काठमाडौं । कर्णालीमा नेकपा एमालेभित्र मन्त्रालय लिने विषयलाई लिएर विवाद बढेको छ । विनोदकुमार शाहले अर्थ मन्त्रालयको दाबी गरेपनि सामाजिक विकास मन्त्रालयमा बस्न भनेपछि उनले सो कुरामाथि असहमति जनाएका छन् । शाह पुस २८ गते नै बिना विभागीय मन्त्री बनेका थिए । अहिलेसम्म मुख्यमन्त्री कार्यालयमा समेत मन्त्रीको लागि कुनै चिठी समेत नआएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार अर्थ मन्त्रालयमा टेकराज पछाईलाई जिम्मेवारी दिन दल नेता यामलाल कँडेलको जबजस्ती गरिरहेका छन् । डोल्पाका शेरबहादुर बुढालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय दिने कुरा भइरहेको स्रोतले बताएको छ । सो्रतका अनुसार विनोद शाहज्यूलाई सामाजिक विकास मन्त्रालयमा थन्क्याउने कुरा भएपछि असहमती जनाउँदै सपथमै नजाने बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *