
काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयले चैत ३ गते स्ववियु निर्वाचन गर्ने भएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहले विद्यार्थीहरुको सहमति अनुसार मिति तय गरेको जानकारी दिए ।
विश्वविद्यालयले सह–प्राध्यापकको संयोजकत्वमा मध्यपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचन कार्यतालिका निर्माण समिति समेत गठन गरिसकेको उनको भनाइ छ । सो समितिले निर्वाचन सम्बन्धी कार्यतालिका निर्माणको तयारी थालिसकेको जानकारी दिए ।
विश्वविद्यालयको १० आंगिक, केही सम्बन्धन र केन्द्रीय क्याम्पससहित करिब १३ वटामा स्ववियु निर्वाचन जनाएको छ ।