
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने ३६ किलोमिटर सडकखण्डलाई एसियन मापदण्डमा विकास गर्ने भन्दै डेडिकेटेड डबल लेन बनाएको तीन वर्ष पुरा गरेको छ । अहिले त्यस पुुलको अवस्था असन्तुतित बनेको छ । घुमाउरा सडक सिधा गर्ने गरी जलबिरेमा पुल बनेर सञ्चालनमा आइसक्यो भने, सेती दोभानको पुल तयार भैसकेको छ तर सञ्चालमा आउन बाँकी छ ।
नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने १९ वटा पुलहरुमध्ये ४ वटा तयार भएर सञ्चालनमा आइसकेका छन् । सञ्चालनमा आएका पुलमा जलबिरे, मौरीपुल –३( मिटर) दासढुंगा पुल (२० मिटर) र खानीखोला पुल (३० मिटर) छन् ।
बाँकी १५ वटा पुलमध्ये ९ वटा पुल करिब तयार भैसकेका छन् । सेती दोभान, खहरे, डुम्रे, टोपे, न्याम्सी, खोर, लामोबालुवा, भोर्लेका पुल तयार भएर सञ्चालनको तयारीमा रहेका छन् । कालीखोला, रिग्दी, सिमलताल र जुगेडीको पुलको फाउण्डेसनको काम निरन्तर भइरहेको छ ।
चिसेञ्जी, खहरे –मुग्लिन नजिकैको) र तुइन खोला पुलको फाउण्डेसनको काम नै बाँकी छ । तोकिएको समय भित्र काम नसकिने भएपछि पुल निर्माणका लागि एक वर्ष म्याद थपिएको छ । २०८० पुस ९ गतेसम्मको म्याद थप गरिएको आयोजनाका प्रमुख किरण कार्कीले जानकारी दिए ।
गएको पुस ५ गतेदेखि १ महिनाका लागि सडक बन्द गरेर पहाड काट्न थालिए पनि काम सकिएन । माघको पहिलो हप्ताबाट फेरी एक महिनाका लागि दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर पहरो काट्ने काम भैरहेको छ ।