शिक्षा / स्वास्थ्य

शिक्षा क्षेत्रको रुपान्तरण आवश्यक : शिक्षामन्त्री खनाल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले शिक्षा क्षेत्रको रुपान्तरणका लागि सबैसँग सहकार्य गरी अघि बढ्ने बताएका छन् ।

काठमाडौँ तारकेश्वर– ११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसका संस्थापक व्यवस्थापन समितिका अध्यक्ष स्वर्गीय ढकालध्वज थापाको प्रतिमा अनावरण तथा सम्मान कार्यक्रममा बोल्दै उनले नेपालको शिक्षा जटिल अवस्थामा रहेको र यसलाई रुपान्तरण गर्नका लागि अग्रज तथा विज्ञहरुसँग छलफल र समन्वय गर्ने बताए । 

“मुलुकको शिक्षा जटिल अवस्थामा छ, शिक्षा क्षेत्रमा ठूलो संरचना निर्माण गर्नुपर्नेछ”,  उनले बताए , “विद्यालयमा समयमै पाठ्यपुस्तक पु¥याउन र गुणस्तर बढाउने विषयमा काम गर्नेछु ।” उनले शिक्षाको गुणस्तरीयतासँगै ८० लाख विद्यार्थी र ४÷५ लाख शिक्षक व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए  ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *