
काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको सुधारका लागि निर्वाचन आऐन संशोधनको तयारीमा रहेको बताएका छन् ।
आयुक्त थपलियाले आज (बिहीबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । निर्वाचन संशोधन गर्ने कामलाई आयोगले अघि बढाएको समेत उनले बताए ।
विगतमा देखिएका समस्याहरुको समाधानका लागि ऐन संसोधन गर्न लागिएको उनको भनाइ छ ।
२०७४ सालको निर्वाचन पछि निर्वाचन आयोगको एक अध्ययन प्रतिवेदनले निर्वाचनको सुधारका लागि १४७ वटा क्षेत्रमा सुधार हुनुपर्ने र त्यसमध्ये ८२ वटा चाँहि ऐननै संशोधन गर्नुपर्ने भनेको भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनसम्बन्धि ऐन संशोधन आयोगको मुख्य कार्यभारको रुपमा रहेको स्पष्ट पारे ।