राजनीति

प्रदेश १ संसद बैठक माघ २३ गतेका लागि आह्वान

काठमाडौँ । प्रदेश १ संसदको संसद बैठक माघ २३ गते बस्ने भएको छ । सभामुख बाबुराम गौतमले प्रदेशसभाको पहिलो अधिवेशनको छैटौं बैठक माघ २३ गतेको लागि बोलाएका छन् ।

पुस ३० गते उपसभामुखको निर्वाचन सम्पन्न भएपछि स्थगित भएको बैठक माघ २३ गते बस्ने तय भएको प्रदेशसभाका सचिव गोपाल पराजुलीले बताए ।
प्रदेश सभाका लागि बिजनेस अभाव भएकाले बैठक बस्न सकेको थिएन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *