समाचार

सन्दीप लामिछानेलाई टिममा फर्काउने विषयमा नेपालको कानुन निर्णायक बन्ने : क्यान

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले बलात्कारको आरोपमा निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने छलफलमा रहेको बताएको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले काठमाडौंमा भएको पत्रकार सम्मेलनमा बोल्दै नेपालको विद्यमान कानूनले जे अनुमति दिन्छ त्यसै अनुसार अघि बढ्ने उल्लेख गरेका छन । नेपालको प्रचलित कानुन बमोजिम अघि बढ्ने क्यानको भनाइ छ ।

‘ नेपालको कानुनले गरेको निर्णयलाई नै आधार मानेर छलफल गर्ने आईसीसीले पनि बताएको छ ।

बलात्कारको आरोपमा थुनामा रहेका सन्दीपलाई उच्च अदालत पाटनले काठमाडौं उपत्यकाबाट बाहिर जान नपाउने गरी २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *