समाचार

एमाले अध्यक्ष केपी ओलीबाट अनावश्यक दवाब आएको प्रधानमन्त्री प्रचण्डको खुलासा

काठमाडौं । सरकार गठन भएको एक महिना नपुग्दै सत्तारुढ दलभित्र खटपट सुरु भएको छ । यसको खुलासा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजबाट सुरु भएको माओवादी स्थायी कमिटी बैठकमा ब्रिफिङ गनेृ क्रम्मा सुनाएका हुन् । उनले एमाले अध्यक्ष केपी ओलीले सहमति पालना नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले माओवादीको तुलनामा एमालेले मन्त्रालय राम्रा पाएको र मर्यादाक्रममा पनि तलमाथि गरिएको र आफुँलाई काम गर्न असहजिलो हुने गरि दवाब दिने गरेको बताएका छन् ।

बैठकमा प्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीले संसद विघटनको प्रसंग संसदमा प्रवेश गराएर निर्वाचित प्रधानमन्त्रीलाई काम गर्न असहज बनाएको एक पदाधिकारीले बताए । यसले गर्दा राष्टपतिको विषयमा सकेसम्म कांग्रेस सहितको राष्टिय सहमति हुनुपर्नेमा प्रधानमन्त्री पचण्डको जोड रहेको ती पदाधिकारीले दाबी गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *