
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) ले गृहमन्त्री रवि लामिछानेसँग सुकुम्बासी बस्ती हटाउने अभियानमा सहयोगको माग गरेका छन् ।
गृह मन्त्रालयमा एकीकृत बागमती सभ्यता विकास समिति र महानगरको टोली आज दिउँसो १२ बजे उपप्रधानमन्त्री लामिछानेलाई भेट्न गएका थिए ।
मेयर बालेनले १२ मंसिरमा थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन जाँदा भएको घटनाको विवरण गृहमन्त्रीसहित सुरक्षा निकायका उच्च अधिकारीलाई सुनाएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
सुकुम्बासी बस्ती हटाउनुपर्ने कारण, अवस्थाबारे ब्रिफ्रिङ गरेर बालेनले केही समन्वयको अभाव भएपनि प्रहरी र प्रशासनले असयोग गरेको भन्दै टिप्पणी समेत गरेको उक्त छलफलमा सहभािगहरुले बताए ।
बालेनसहित एकीकृत बागमती सभ्यता विकास समितिले पनि सुकुम्बासी बस्तीको विषयमा गृह मन्त्रालयमा आफ्नो धारण राखेका थिए ।
सुकुम्बासी बस्तीको विषयमा कानुनअनुसार हटाउनुपर्नेमा गृहमन्त्री लामिछानेले जोड दिए ।
कानुनअनुसार हटाउँदा त्यसपछि हुनसक्ने परिस्थितिको आंकलन गरेर मात्रै कदम चाल्नुपर्ने उनले धारणा छ ।
बस्तीको विषयमा एकिन विवरण ल्याएर मात्रै थप निर्णयतर्फ जानुपर्नेमा लामिछानेले जोड दिए ।