शिक्षा / स्वास्थ्य

स्थानीय सेवा : अब ३५ वर्ष पार गरेका कर्मचारीले पनि लोकसेवाको परिक्षा दिन पाउँने

काठमाडौं । स्थानीय सेवा अन्तर्गत ३५ वर्ष उमेर पार गरेका कर्मचारीहरुले समेत संघीय लोक सेवा आयोग भिड्न पाउने भएका छन् । सर्वोच्च अदालतको आदेशमार्फत स्थानीय सेवा अन्तर्गत ३५ वर्ष पार गरेका कर्मचारीहरूले लोक सेवा लड्न पाउने भएका हुन् ।

गत २८ मंसिर २०७९ मा प्रकाशित शाखा अधिकृत वा सो सरहको विज्ञापनको सूचना लोक सेवा आयोगले प्रकाशित गरेको थियो । जसमा स्थानीय सेवा अन्तर्गतका ३५ वर्ष पार गरेका कर्मचारीले लड्न नपाउने व्यवस्था थियो । उक्त व्यवस्थाका विरुद्धमा सर्वोच्च अदालतमा रिट परेको थियो । सोही रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै ३५ वर्ष पुरा गरेका उम्मेदवारहरूलाई परीक्षामा सामेल हुन दिनबाट नरोक्नु नरोकाउन सर्वोच्चले आदेश दिएको छ ।
सर्वोच्चको आदेशअनुसार अब लोक सेवा आयोगले रिट दायर गर्ने १० जनालाई उमेर हद नलगाई सात दिनभित्रमा अनलाइन मार्फत आवेदन दिन आह्वान गरेको छ ।

उनीहरूले आज १२ माघ देखि १८ माघसम्म अनलाइन मार्फत आवेदन दिन सक्ने आयोगले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *