समाचार

श्रीमती र आमासहित राष्ट्रपति भेट्न पुगे एमाले नेता राई

काठमाडौं । प्रदेश नम्बर एकका पूर्वमुख्यमन्त्री समेत रहेका एमाले नेता शेरधन राईले राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेटवार्ता गरेका छन् ।

श्रीमती र आमा समेत लिएर राष्ट्रपति कार्यालय पुगेका राईले समसामयिक विषयका बारेमा छलफल भएको जानकारी दिएका छन् । राष्ट्रपति भण्डारी निकट मानिने राईले भेटवार्तामा समसायिक विषयमा छलफल भएको बताएका छन् ।

उनले लेखेका छन्,‘आमाको स्वास्थमा केही सुधार भए पश्चात् आज सम्माननीय राष्ट्रपतिज्यू सँग थोरै समसामयिक कुरा सहित पारिवारिक भेटघाट गर्ने अवसर मिल्यो ।’

राष्ट्रपति भण्डारी र राईको गृहजिल्ला एउटै हो । यसअघि मुख्यमन्त्री बन्ने बेलामा समेत राईलाई राष्ट्रपति भण्डारीको दरिलो समर्थन रहेको चर्चा चलेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *