समाचार

कांग्रेस नेता बस्नेतले प्रेमप्रसादका छोरीलाई पढाउने र श्रीमतीलाई रोजगारीको व्यवस्था गरिदिने

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री समेत रहेका सिन्धुपाल्चोक क्षेत्र नम्बर २ संसद मोहनबहादुर बस्नेतले आत्मदाह गरेका प्रेमप्रसाद आचार्यका छोरीहरुलाई पठनपाठनको व्यवस्थापन गर्ने घोषणा गरेका छन् ।

नेता बस्नेतले मंगलबार संसद भवनअघि पेट्रोल खन्याएर आत्मदाह गरेका आचार्यका दुई छोरीलाई पठनपाठनको व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गरेका हुन् । बस्नेतले आचार्यकी श्रीमतीलाई रोजागारीको समेत व्यवस्था मिलाउने भएका छन् ।

बस्नेतले कोरोना महामारीका कारण नेपालमा पहिलोपटक मृत्यु भएकी महिलाको बालकसहित महाराजगञ्ज र बालुवाटार क्षेत्रका फुटपाथमा मकै बेच्ने चेतेन्द्र आचार्य र सीता आचार्यको दम्पतीका सन्तानको समेत शिक्षादिक्षाको जिम्मेवारी लिएका थिए ।

फुटपाथमा मकै पोलेको भन्दै आचार्य दम्पत्तीलाई काठमाडौं महानगरपालिकाले लछारपछार गर्दै ठेला लगेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *