ताजा समाचार

जसपाका राजेन्द्र श्रेष्ठ र रेशम चौधरीबीच पार्टी एकताबारे छलफल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल र नागरिक उन्मुक्ति पार्टीबीच एकताको सम्भावनाबारे छलफल भएको छ । जसपाको तर्फबाट वार्ता समितिका संयोजक राजेन्द्र श्रेष्ठले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई भेटेका छन् ।

मंगलबार भएको भेटमा उनीहरूबीच करिब एक घण्टा छलफल भएको जसपाका नेता पूर्ण बस्नेतले जानकारी दिए । नागरिक उन्मुक्ति पार्टी खोल्नु अघि रेशम चौधरी जनता समाजवादी पार्टी, नेपालकै कार्यकारिणी सदस्य थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *