
काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को स्थगित भनिएको स्थायी समिति बैठक आज पुनः बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आजको सो बैठक बस्ने भएको छ ।
मंगलबारका लागि बोलाइएको बैठक पार्टीको आन्तरिक छलफल नसकिएपछि सो बैठक पुनः बस्न लागिएको माओवादीका एक नेताले बताए ।
माओवादी केन्द्रको स्थायी समिति बैठकमा पेस गर्ने नेताहरुको कार्य विभाजनसम्बन्धी प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङ नेतृत्वको कार्यदल बनाएको थियो । सो सहमतिका लागि माओवादी बैठक बसेको थियो ।
आज बस्ने बैठकमा समसामयिक राजनैतिक घटनाका वारकोमा छलफल तथा रास्टपतिको निर्वाचन र गृहमन्त्रालयको नेतृत्वका विषयमा समेत छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।